पक्लिहवा क्याम्पसमा नेविसंघ र अनेरास्ववियुको गठबन्धन विजयी – Nepal Press

पक्लिहवा क्याम्पसमा नेविसंघ र अनेरास्ववियुको गठबन्धन विजयी

रुपन्देही । रुपन्देहीको पक्लिहवा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघ र अनेरास्ववियुको प्यानल विजयी भएको छ ।

निर्वाचनमा नेविसंघका प्रविन बस्याल अध्यक्ष, अनेरास्वयिुका हरिकृष्ण पोखरेल सचिव, कोषाध्यक्षमा अनेरास्ववियुका प्रवीण बुढाथोकी विजयी भएका छन् ।

सदस्यहरूमा अनेरास्ववियुका विवेक खनाल, उर्मिला क्षेत्री, आशुतोष अधिकारी र नेविसंघका प्रकृति घिमिरे र सुदिप शर्मा तिमिलसिना विजयी भएको निर्वाचन अधिकृत दीपक खनालले जानकारी दिएका छन् ।

नेविसंघका रुपन्देही अध्यक्ष शम्शेर खड्काले पक्लिहवामा आफ्नो संगठनले अनेरास्ववियुसँग सहकार्य गरेअनुसार निर्वाचनमा सबै प्यानल जितेको बताए । यहाँ अनेरास्ववियु क्रान्तिकारीको नेतृत्वमा अर्को प्यानल बनेको थियो ।

अनेरास्वयिुका नेता सरोज पोखरेलले सचिव कोषाध्यक्षसहित बहुमत सदस्य लिएर नेविसंघसँग तालमेल गरेर सबै प्यानलको जित भएको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर