सरकारमा जाने/नजाने बारेमा निर्णय लिँदै लोसपा – Nepal Press

सरकारमा जाने/नजाने बारेमा निर्णय लिँदै लोसपा

काठमाडौं । वैशाख १० गते हुन हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन र सरकारमा सहभागिताका बारेमा निर्णय गर्न लोकतान्त्रिक समाजवादी पार्टी नेपाल लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको लोसपा सरकारमा सहभागी हुने नेताको छनौटका बारेमा छलफल गर्ने बुझिएको छ ।

यस्तै बारा–२ मा हुन हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्नका लागि बैठक बोलाएको कार्यकारिणी समितिका सदस्य केशव झाले जानकारी दिए ।

लोसपाले बारा–२ मा हुने उपनिर्वाचनमा नवलकिशोर सिंहलाई उम्मेदवार बनाउने तयारी गरेपनि सत्तारुढ गठबन्धनमा साझा उम्मेदवार तय गर्ने अवस्थामा के गर्ने ? भन्ने बारेमा पनि बैठकमा छलफल हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर