बैतडीका ३ क्याम्पसमा नेविसंघको क्लीन स्विप – Nepal Press

बैतडीका ३ क्याम्पसमा नेविसंघको क्लीन स्विप

कैलाली । सुदूरपश्चिम विश्व विद्यालय अन्तर्गत रहेका बैतडीका ३ क्याम्पसमा नेपाली कांग्रेस निकट विद्यार्थी सङ्गठन नेविसंघ विजयी भएको छ ।

आज सम्पन्न स्ववियु निर्वाचनको अन्तिम परिणाम अनुसार मणिलेक क्याम्पस मेलौली, जगन्नाथ बहुमुखी क्याम्पस गोठलापानी र पाटन बहुमुखी क्याम्पस पाटनमा नेविसंघ विजयी भएको हो ।

मणिलेक क्याम्पस मेलौलीमा स्ववियु सभापतिमा नेवि संघको प्यानलै विजयी भएको छ ।

अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच भएको गठबन्धनलाई पराजित गर्दै नेविसंघको प्यानलै विजयी भएको हो ।

सभापतिमा नेविसंघका नवराज भट्ट विजयी भएका छन् । उनले ७० मत प्राप्त गरे। उनका प्रतिद्वन्द्वी अनेरास्ववियु र अखिल क्रान्तिकारीबिच भएको गठबन्धनका साझा उम्मेदवार धनीदत्त भट्टले ४४ मत प्राप्त गरे।

सचिवमा नेवि सङ्घका नीरज भट्ट विजयी भए । कोषाध्यक्षमा पनि नेवि सङ्घकै सुशीला नेगी विजयी भइन् । सदस्यमा नेवि सङ्घकै पूजा चन्द, दिनेश सिंह साउँद, सुनिता भट्ट र मनोजदत्त ओझा विजयी भए ।

त्यसै गरी जगन्नाथ बहुमुखी क्याम्पसमा नेवि सङ्घका धनी भट्ट विजयी भए । उनले १२० मत ल्याए । उनका प्रतिद्वन्द्वी अनेरास्ववियका योगेश मौनीले ३६ मतमात्रै ल्याए।

सचिवमा नेविसंघकै किशोरराज पन्त, कोषाध्यक्षमा ममता भट्ट,सदस्यमा पनि नेविसंघकै गीता बोहरा, ललिता चन्द, र विन्दु कुमारी बडु विजयी भइन्।

पाटन बहुमुखी क्याम्पसमा नेवी सङ्घकी भागरथी भट्ट विजयी भएकी छन् । भट्टले ८९ मत पाउँदा उनका प्रतिद्वन्द्वी अनेरास्ववियुका निरन्जन पन्तले ७४ मत ल्याए। स्वतन्त्र उम्मेदवार अमरराज भट्टले ५० मत प्राप्त गरे।

त्रिविका अन्तर्गतका क्याम्पसहरूमा ५ गते निर्वाचन भएको थियो भने सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा आज निर्वाचन भएको हो ।

त्रिवि मातहतका चार वटा क्याम्पसमा मध्ये, दुई मा अनेरास्ववियु, एकमा अखिल क्रान्तिकारी र एकमा नेविसंघ विजयी भइसकेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर