कैलालीका तीन कृषकलाई प्रदेश सरकारले गर्‍यो नगदसहित सम्मान – Nepal Press

कैलालीका तीन कृषकलाई प्रदेश सरकारले गर्‍यो नगदसहित सम्मान

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले कैलालीका तीन कृषकलाई सम्मान गरेको छ । कृषि क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै घोडाघोडी नगरपालिकाका ८ का पहलमान देउवा, लम्किचुहा नगरपालिकाका ९ का खडक बहादुर महतो र धनगढी उपमहानगरपालिकाका ५ का रामकृष्ण चौधरी पुरस्कृत भएका छन् ।

उनीहरूले जनही २५ हजारसहित प्रमाण पत्र पाएका छन् । देउवाले लामो समयदेखि घोडाघोडी पोल्टी प्रा.लि. सञ्चालन गरेका छन् । यस्तै महतोले कृतज्ञ मच्छेपालन तथा कृषि फर्म र चौधरीले सुनाखरी कृषि फर्म सञ्चालन गर्दै आएका छन् ।

प्रदेश सरकारले हरेक वर्ष भीमदत्त उत्कृष्ट कृषक पुरस्कार वितरण गर्दै आएको छ । हरेक जिल्लामा ३ जनालाई पुरस्कृत गर्ने सरकारले प्रदेश भरीका २७ जना कृषकलाई समेट्ने छ ।

९ जिल्लाबाट छनौट भएका २७ उत्कृष्ट कृषक मध्ये एक जना प्रदेश सर्वोत्कृष्ट कृषक छनौट हुने छन् । प्रदेशको सर्वोत्कृष्ट कृषकले १ लाख ५० हजार धनराशिको पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

यस्तै, अन्य ४ जना प्रदेश उत्कृष्ट कृषक छनौट हुने छन् भने उनीहरूले जनही ७५ हजारका दरले पुरस्कार पाउने छन् । पुरस्कार वितरणका लागी प्रदेश सरकारले भीमदत्त उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम सञ्चालन कार्यविधि २०७८ निर्माण गरेको । सोही कार्यविधिका आधारमा जिल्लाहरूबाट कृषक छनौट हुने गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर