थ्रि नेसन्स कप : लाओसविरुद्ध पहिलो हाफमा नेपाल १-० ले अगाडि – Nepal Press

थ्रि नेसन्स कप : लाओसविरुद्ध पहिलो हाफमा नेपाल १-० ले अगाडि

काठमाडौं । प्रधानमन्त्री थ्रि नेसन्स कपको पहिलो हाफमा नेपालले लाओसविरुद्ध १-० गोलको अग्रता बनाएको छ ।

दशरथ रंगशालामा जारि खेलको ३०औं मिनेटमा अनन्त तामाङको गोलमा नेपालले अग्रता लिएको थियो । नविन लामाको कर्नरमा अनन्तले हेडरमार्फत सुन्दर गोल गरेका थिए ।

त्यसअघि, पनि नेपालले गोल गर्ने थुपै्रअवसर शृजना गरेपनि फिनिसिङमा चुकेको थियो । खेलको पाँचौं मिनेटमा आयुष घलानले लेफ्ट फ्ल्याङकबाट दिएको क्रशमा अनमार्क्ड रहेका नवयूग श्रेष्ठ हेडर कनेक्ट गर्न चुक्दा नेपालले अग्रता लिने अवसर खेर फालेको थियो ।

एरिक विष्टले १८औं मिनेटमा दिएको क्रसमा पुजन उपरकोटीको प्रहार क्रशबार माथिबाट बाहिरिएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर