एकदिवसीय वरियतामा नेपाली खेलाडी काे कुन स्थानमा पुगे ? – Nepal Press

एकदिवसीय वरियतामा नेपाली खेलाडी काे कुन स्थानमा पुगे ?

काठमाडौं । नेपालका स्टार स्पिनर सन्दीप लामिछानेले एकदिवसीय वरियतामा भारतका जस्प्रित बुमराह र मोहमद सामीलाई पछि पारेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सर्वाजानिक गरेको नयाँ वरियता अनुसार सन्दीप २२औं स्थानमा रहँदा बुमराह २६औं स्थानमा छन् । भने, शामी २८औं स्थानमा रहेका छन् । सन्दीप यसअघि पनि २२ औं स्थानमा नै थिए । तर, बुमराह र सामी उनीभन्दा तल झरेका हुन् ।

बलिङ तर्फ दीपेन्द्रसिंह ऐरी ५६औं स्थानमा रहँदा सोमपाल कामी एक स्थान खस्कँदै ६७औं स्थानमा छन् ।करण केसीले एक स्थान सुधार गरेका छन् । उनी ९६औं स्थानमा छन् ।

यस्तै, एकदिवसीय वरियताको ब्याटिङ तर्फ कप्तान रोहित पौडेल ५७औं स्थानमा आसिफ शेख ६७औं स्थानमा रहेका छन् ।

नेपालमा गत हप्ता सम्पन्न आईसीसी विश्वप लिग २ शृंखलामा उत्कृष्ट प्रदर्शन गरेको नेपाली टिम एकदिवसीय वरियतामा १५औं स्थानमा उक्लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर