सुरक्षा पन्त अभिनित ‘बहाव’ चैत २४ मा रिलिज हुँदै – Nepal Press

सुरक्षा पन्त अभिनित ‘बहाव’ चैत २४ मा रिलिज हुँदै

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त प्रमुख भूमिकामा रहेको चलचित्र ‘बहाव’ यही चैत २४ गते प्रदर्शनमा आउँदैछ । फिल्ममा सुरक्षा प्रेमिल र विद्रोही भूमिकामा देखिएकी छन् ।

चलचित्रको सार्वजनिक ट्रेलरमा सुरक्षालाई सुँगासँग संवाद गरेको र सुँगाको निकट रहेको देख्न सकिन्छ । चितवनमा फिल्मको दुई महिने वर्कसप र सुटिङ चल्दा सुरक्षा सुँगासँग बढी नजिकिइन् ।

‘म सुँगासँग दुई महिना वर्कसपमा बसें । हामी जनावर भन्नेबित्तिकै छि छि दुरदुर गर्छौं । सुँगासँगको मेरो अनुभव केही फरक रह्यो’, सुरक्षा भन्छिन्, ‘मैले सुँगालाई निस्की भनेर पिँजडाको ढोका खोलिदिए पनि ऊ निस्किएन । उसमा अन्योल थियो । उसमा डर पनि हुँदोरहेछ । उसले हाम्रो भाषा बुझ्ने भए पनि ऊ समझदार थियो । जनावरमा आफैंमा अनौठो किसिमको गुण हुँदोरहेछ । फिल्मको कथा पनि केही हिसाबमा सुँगासँग मिल्छ ।’

स्वर्णिम इन्टरटेन्मेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको चलचित्रमा प्रमोद कँडेलको लेखन तथा निर्देशन छ । ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’ लाई प्रमुख विषय बनाइएको चलचित्रमा श्रीधर पौडेलको लगानी छ । श्रीधरले यसअघि नेपाल सरकारबाट ‘राष्ट्रिय अवार्ड’ प्राप्त चलचित्र ‘गोपी’ निर्माण गरेका थिए ।

चलचित्रमा सुरक्षासँगै कमलमणि नेपाल, अफरान अली, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय छ । सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको सङ्गीत रहेको फिल्ममा सज्जा चौलागाईंको स्वर, अनन्त घिमिरेको कलर करेक्सन, मुकेश शाहको साउण्ड डिजाइन र मिक्सिङ र कार्तिकेय स्मिता कर्नाटकको छायाङ्कन छ ।

चलचित्रमा निगम श्रेष्ठको प्रोडक्सन डिजाइन, भारद्वाजसिंह माहिदाको फस्ट युनिट डिरेक्सन, विकास ठाकुरको स्टोरी एडिटर, प्रतीक श्रीवास्तवको स्टोरी डेभलपमेन्ट एण्ड आर्ट डिरेक्सन, सम्राट खनालको साउण्ड रेकर्ड, सीमा गुरुङको मेकअप, रञ्जित क्षेत्रीको कस्ट्युम, सनिष सचुको पोस्टर डिजाइन, सुदीप दवाडीको मार्केटिङ स्ट्राटेजी, निर्वाना फिल्म स्कुलको प्रोडक्सन मेनेजमेन्ट र सिने जोनको पोस्ट प्रोडक्सन मेनेजमेन्ट छ । चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *