शेखर कोइरालाले भने- व्यक्तिगत फोन ट्याप गर्ने कार्य स्वीकार्य हुँदैन – Nepal Press

शेखर कोइरालाले भने- व्यक्तिगत फोन ट्याप गर्ने कार्य स्वीकार्य हुँदैन

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले अब कानून बनाएर व्यक्तिको फोन ट्याप गर्ने व्यवस्था गर्न लागेकोप्रति आपत्ति जनाएका छन् । उनले लोकतन्त्रमा यो वा त्यो बहानामा नितान्त व्यक्तिगत फोन ट्याप गर्ने कार्य स्वीकार्य हुन नसक्ने बताएका छन् ।

सरकारको कदमको विरोध गर्दै उनले फेसबुकमा लेखेका छन्, ‘लोकतन्त्रमा यो वा त्यो बहानामा नितान्त व्यक्तिगत फोन ट्याप गर्ने कार्य स्वीकार्य छैन । विगतमा विरोधका कारण रोकिएको यो कार्य फेरि अगाडि बढाउनुले सरकारको नियतमाथि प्रश्न उठेको छ । राष्ट्रिय सुरक्षासँग जोडिने यस्ता कार्यप्रति दल, मानव अधिकारकर्मी, नागरिक समाज र प्रेस जगतको समेत ध्यान जाओस् ।’

विगतमा विरोधका कारण रोकिएको यो कार्य फेरि अगाडि बढाउनुले सरकारको नियतमाथि प्रश्न उठेको उनको भनाइ छ ।

अभिव्यक्ति स्वतन्त्रता र हक जोखिममा परेको भन्दै तीव्र आलोचना भएपछि सूचना प्रविधि विधेयकबाट दुई वर्षअघि सरकार पछि हटेको थियो ।

अहिले सरकारले कानून संशोधन र एकीकरण गर्न बनेको विधेयकमार्फत् फेरि व्यक्तिगत फोन ट्याप गर्न पाउने कानून ल्याउन लागेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर