वर्ल्ड ह्यापिनेस रिपोर्टमा नेपाल ७८औं स्थानमा, चीन र भारत कहाँ ? – Nepal Press

वर्ल्ड ह्यापिनेस रिपोर्टमा नेपाल ७८औं स्थानमा, चीन र भारत कहाँ ?

काठमाडौं । अन्तर्राष्ट्रिय खुशी दिवसको अवसर पारेर सार्वजनिक रिपोर्टमा नेपाल ७८औं स्थानमा रहेको छ । १३७ राष्ट्र समावेश उक्त रिपोर्टमा फिनल्याण्ड पहिलो स्थानमा छ । अफगानिस्तान अन्तिम स्थानमा छ ।

फिनल्याण्ड विगत ६ वर्षदेखि पहिलो स्थानमा छ । उक्त रिपोर्टअनुसार भारत नेपालभन्दा पछि छ । भारत ह्यापिनेस रिपोर्टको १२५औं स्थानमा छ । चीन भने नेपालभन्दा १४ स्थान अगाडि छ । चीन उक्त रिपोर्टको ६४औं स्थानमा छ ।

ह्यापिनेस रिपोर्टको दोस्रो स्थानमा डेनमार्क, तेस्रोमा आइसल्याण्ड, चौथोमा इजरायल र पाँचौंमा नेदरल्याण्डस छन् ।

यो रिपोर्ट यूएन सस्टेनेबल डेभलपमेन्ट सोलुसन नेटवर्कले १५० भन्दा बढी देशका मानिसमा गरेको विश्वव्यापी सर्वेक्षणको आधारमा बनाइएको हो ।

यो रिपोर्ट कुल गार्हस्थ उत्पादन, स्वतन्त्रता, सामाजिक सुरक्षा जस्ता मापदण्डको आधारमा तयार गरिन्छ । एक वर्षदेखि युद्धमा रहे पनि रुस नेपालभन्दा अघि छ । रिपोर्टमा रुस ७०औं स्थानमा छ । युक्रेन ९२औं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर