एनटीसीको नेटवर्कमा किन देखियो समस्या ? – Nepal Press

एनटीसीको नेटवर्कमा किन देखियो समस्या ?

काठमाडौ । नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । बुधबार बिहानैदेखि फोन नलाग्ने, बिजी देखाउनेलगायतका समस्या थियो । यो समस्या प्रिपेडमा भन्दा पोष्टपेडमा बढी देखिएको थियो ।

नेपाल टेलिकमले भने नेटवर्कमा नभई भीओएलटीईमा समस्या भएको बताएको छ । टेलिकमका प्रवक्ता शोभन अधिकारीले छोटो समय भीओएलटीई कलमा समस्या आएको र अहिले समाधान भइसकेको बताए ।

अधिकारीले टूजी, थ्रीजी, र फोरजीमा समस्या नभएको बताए ।

‘प्रविधिमा कहिलेकाहीँ समस्या आउनु स्वाभाविक हो’, उनले भने । तर, अत्यावश्यक सेवा अवरुद्ध हुँदा क्षतिपूर्ति दिइने अन्तर्राष्ट्रिय अभ्यास छ ।

पटकपटक समस्या देखिरहेको नेपाल टेलिकमले दीर्घकालीन समाधान गर्नुको सट्टा स्वाभाविक समस्या भन्दै टार्दै आएको टिप्पणी बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *