अफगानिस्तानको भूकम्प नयाँ दिल्लीसम्म महसुस – Nepal Press

अफगानिस्तानको भूकम्प नयाँ दिल्लीसम्म महसुस

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीसहित उत्तर भारतभर शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार अफगानिस्तानको फैजावाद केन्द्रबिन्दु भएर गएको ६.६ म्याग्निच्युडको भूकम्पको धक्का राजधानी नयाँ दिल्लीमा पनि महसुस गरिएको हो ।

भारतीय भूगर्भ विभागका अनुसार मंगलबार राति १०ः१७ मिनेटमा भूकम्पको झड्का महसुस भएको थियो।

भूकम्पबाट भएको क्षतिबारे हालसम्म कुनै जानकारी प्राप्त भएको छैन। रातको समयमा भूकम्प गएसँगै प्रभावित क्षेत्रमा उद्धारकर्ता खटाउन लागिएको समाचारमा जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर