चिनियाँ शान्ति प्रस्तावमा पुटिन सहमत – Nepal Press

चिनियाँ शान्ति प्रस्तावमा पुटिन सहमत

काठमाडौं । युक्रेन समस्या समाधान गर्न चीनले अगाडि सारेको शान्ति प्रस्तावमा रुस सहमत भएको छ ।

रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले आफ्ना चिनियाँ समकक्षी सि चीनफिङसग भएको कुरापछि यस्तो बताएका हुन् ।

रुसले युक्रेनमा सैन्य हमला गरेको वर्ष दिन पुगेको अवसरमा गत फेब्रुअरी २४ मा चीनले १२ बुदे शान्ति प्रस्ताव ल्याएको हो । उक्त प्रस्तावमा पहिलोपटक पुटिनले सार्वजनिक धारणा दिएका हुन् ।

रुसी सरकारी विश्व च्यानल आरटीका अनुसार चीनको शान्ति प्रस्तावलाई कार्यान्वयन गर्न पश्चिमा शक्ति (अमेरिका/युरोप) र युक्रेन तयार भएपछि मात्रै सम्भव हुने पुटिनले प्रतिक्रिया दिएका छन् ।

आइतबारबाट तीन दिने राजकीय रुस भ्रमणमा पुगेका चिनियाँ रास्ट्रपति सिसग पुटिनले आज गरेको पाँच घन्टाको अनौपचारिक गोप्य छलफल पछि पुटिनको यस्तो धारणा रुसी मिडियामा सार्वजनिक भएको हो ।

आइतबार मस्को पुगेका सिले आइतबारै पुटिनसग अनौपचारिक छलफल गरेका थिए । दुई नेताको औपचारिक छलफल भने मंगलबार हुने रुसि र चिनियाँ मिडियाले उल्लेख गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर