कर्णालीका ३५ क्याम्पसमा स्ववियु नतिजा : कहाँ कसले बाजी मारे ? – Nepal Press

कर्णालीका ३५ क्याम्पसमा स्ववियु नतिजा : कहाँ कसले बाजी मारे ?

सुर्खेत । कर्णाली प्रदेशका ३९ वटा क्याम्पसमध्ये ३५ वटामा स्ववियु निर्वाचनको नतिजा सार्वजनिक भएको छ । कर्णालीका १८ वटा क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो । ती १८ वटै क्याम्पसको परिणाम मंगलबार सार्वजनिक भएको हो ।

बाँकी १७ वटा क्याम्पसमा भने सर्वसम्मत नेतृत्व चयन भएको छ । कर्णालीमा मध्यपश्चिम विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयअन्तर्गतका ३८ वटा क्याम्पस र १ विश्वविद्यालय छन् भने ३ वटा विश्वविद्यालयका आंगिक क्याम्पस प्रदेश बाहिर छन् । प्रदेशभित्रका ३९ वटामध्ये ३५ वटा क्याम्पसको नतिजा सार्वजनिक भइसकेको छ।

त्यस्तै, त्रिभुवन विश्व विद्यालय अन्तर्गतको आंगिक क्याम्पस पश्चिम नेपालको सबैभन्दा ठूलो र धेरै विद्यार्थी भएको क्याम्पस सुर्खेत बहुमुखी क्याम्पसमा एमाले निकट अनेरास्ववियुको प्यानल नै विजयी भएको छ ।

नतिजा सार्वजनिक भएका १६ वटा क्याम्पसमा नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले जित हासिल गरेको छ ।

नेपाली कांग्रेस निकट नेविसंघले १२ र नेकपा एमालेनिकट अनेरास्ववियुले ६ वटा क्याम्पसमा विजय भएको छ भने एक क्याम्पसमा भने स्वतन्त्र उम्मेदवारले जितेका छ ।

अखिल क्रान्तिकारी

१ सिंजा बहुमुखी क्याम्पस सिंजा जुम्ला : सन्तोष आचार्य (निर्विरोध)

२ स्यार्पु बहुमुखी क्याम्पस रुकुम पश्चिम : किरण विश्वकर्मा (निर्विरोध)

३ सानोभेरी शिक्षा क्याम्पस रुकुम पश्चिम : वीरभान भण्डारी (निर्विरोध)

४ सितल क्याम्पस चौरजहारी रुकुम पश्चिम : निराजन केसी (निर्विरोध)

५ सिम्रुतु क्यापस, त्रिवेणी रुकुम पश्चिम : निर्मला बुढाथोकी (निर्विरोध)

६ चतुर्देव क्याम्पस रातापानी मुगु : मन्सुर कार्की (निर्विरोध)

७ बनगाड क्याम्पस सल्यान : अजय विष्ट (निर्विरोध)

८ थारल्ला बहुमुखी क्याम्पस दार्मा सल्यान : वरुण न्यौपाने (निर्विरोध)

९ लिखु संयुक्त क्याम्पस डोल्पा : रनचन्द्र शाही (निर्विरोध)

१० जनज्ञानकुञ्ज क्याम्पस जाजरकोट : जागेश्वर थापा (निर्विरोध)

११ जनकल्याण क्याम्पस थारमारे सल्यान : एकराज ओली (निर्विरोध)

१२ जनचेतना बहुमुखी क्याम्पस कालिकोट : पार्वती सन्ज्याल

१३ तिला कर्णाली बहुमुखी क्याम्पस कालिकोट : हिक्मत सिंह

१४ जहारी क्याम्पस, खोलागाउँ रुकुम पश्चिम : भरत विक

१५ राडिज्यूला शिक्षा क्याम्पस, आठबिसकोट रुकुम पश्चिम : दीपक केसी

१६ नलगाड बहुमुखी क्याम्पस जाजरकोट : टेकबहादुर खत्री

नेविसंघ

१ नन्दादेवी बहुमुखी क्याम्पस कालिकोट : जुनिता विष्ट (निर्विरोध)

२ गुर्भाकोट बहुमुखी क्याम्पस सुर्खेत : गोपाल खड्का (निर्विरोध)

३ मानोसरोबर बहुमुखी हुम्ला : नरेन्द्र भण्डारी (निर्विरोध)

४ चामुण्डा कलेज दैलेख : सुनिलकुमार शाही

५ आठबिस शिक्षा क्याम्पस तिलेपाटा दैलेख : नगेन्द्रबहादुर शाही

६ द्रोणाचल बहुमुखी क्याम्पस दुल्लु दैलेख : प्रकाश थापा

७ रारा बहुमुखी क्याम्पस मुगु : राज तामाङ

८ विद्यापुर जनता बहुमुखी क्याम्पस सुर्खेत : चेतन नेपाली

९ जुम्ला बहुमुखी क्याम्पस जुम्ला : महेश हमाल

१० डोल्पो क्याम्पस डोल्पा : खिमबहादुर रोकाय

११ भेरी ज्ञानोदय बहुमुखी क्याम्पस जाजरकोट : प्रकाशसिंह ठकुरी

१२ रुकुमेली क्याम्पस,खलङ्गा रुकुम पश्चिम : अनिशेष केसी

अनेरास्ववियु

१ अमरदीप क्याम्पस सुर्खेत : अनुप ढकाल (निर्विरोध)

२ हिम शिखर बहुमुखी क्याम्पस सुर्खेत : सिर्जना रसायली (निर्विरोध)

३ सल्यान बहुमुखी क्याम्पस सल्यान : राजेश वली (निर्विरोध)

४ भेरी क्याम्पस गुमी सुर्खेत : शक्ति पौडेल

५ सिम्ता बहुमुखी क्याम्पस सुर्खेत : घनश्याम रेग्मी

६ सुर्खेत बहुमुखी क्याम्पस सुर्खेतमा : अक्कलबहादुर सिजापती

स्वतन्त्र

१ कपुरकोट बहुमुखी क्याम्पस, सल्यान : रामप्रसाद आचार्य

कहाँ-कहाँ भयो चुनाव स्थगित ?

मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पससहित तीनवटामा चुनाव हुन सकेको छैन । मध्यपश्चिम विश्वविद्यालय र त्यसका आंगिक क्याम्पस नारायण बहुमुखी क्याम्पस दैलेख, मुसिकोट बहुमुखी क्याम्पस रुकुम पश्चिममा स्ववियु निर्वाचन हुन् सकेको छैन ।

मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस र रुकुम पश्चिमको मुसिकोटमा उच्च अदालतमा रिट परेका कारण चुनाव हुन नसकेको हो । उच्च अदालतले दुवै पक्षलाई चैत ८ गते बुधबार अदालतमा उपस्थिति हुन भनेको छ ।

यस्तै, त्रिभुवन विश्वविद्यालयअन्तर्गत दैलेखको कोटदेवल क्याम्पस अवलपराजुलमा निर्वाचन हुन सकेको छैन । क्याम्पस प्रशासनका अनुसार निर्वाचनका लागि कुनै पनि विद्यार्थी संगठनले दल दर्ता गराएका छैनन् ।

यस्तै, दैलेखमा रहेको मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस नारायण बहुमुखी क्याम्पसमा विद्यार्थी संगठन र निर्वाचन टोलीबीच मतभेदका कारण चुनाव हुन नसकेको हो । यस क्याम्पसमा चैत १२ गते निर्वाचन गराउन क्याम्पसले सूचना जारी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर