ताप्लेजुङमा आक्रमणको प्रयासपछि आङ्बोको प्रतिक्रिया- याे व्यवस्थामा गरिने विरोध र असहमतिप्रति सम्मान छ – Nepal Press

ताप्लेजुङमा आक्रमणको प्रयासपछि आङ्बोको प्रतिक्रिया- याे व्यवस्थामा गरिने विरोध र असहमतिप्रति सम्मान छ

विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले ताप्लेजुङमा आफूमाथि भएको आक्रमण प्रयासलाई स्वभाविक रुपमा लिएको बताएका छन् ।

उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘हामीले ल्याएको यो लोकतान्त्रिक ब्यबस्थामा शान्तिपूर्ण रुपमा गरिने विरोध असहमतिप्रति मेरो सधै सम्मान रहनेछ ।’

उनले भनेका छन जोसँग सबैभन्दा बढी अपेक्षा बिश्वास र भरोसा हुन्छ अपेक्षित परिणाम हासिल नहुदा उसैप्रति आक्रोश, घृणा, आवेग व्यक्त हुनुलाइ मैले स्वभाविक रुपमा लिएको छु ।

प्रदेशको नाम कोशी राखेको भन्दै लिम्बूवान कार्यकर्ताले ताप्लेजुङमा मंगलबार आङ्बो माथिबआक्रमण प्रयास गरेका छन ।

माओवादीको जिल्लास्तरीय बैठकमा सहभागी सदरमुकाम फुङ्लिङ जाने क्रममा आङ्बोमाथि लिम्बूवान कार्यकर्ताले फुङ्लिङ नगरपालिकाको तक्मेडाँडा छेउमा आक्रमणको प्रयास गरेका थिए । उनीहरुको ढुंगा प्रहारबाट आङ्बो सवार गाडीमा क्षति पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर