उत्पीडित जातिले संविधान बनाउने बेला माओवादीलाई बुझ्न नसकेको मन्त्री मोदीको भनाई (भिडिओ) – Nepal Press

उत्पीडित जातिले संविधान बनाउने बेला माओवादीलाई बुझ्न नसकेको मन्त्री मोदीको भनाई (भिडिओ)

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संविधानसभामा माओवादीले धेरै मत पाउन नसकेका कारण दलित, जनजातिलगायतका उत्पीडित जातिले पर्याप्त हक, अधिकार नपाएको बताएका छन् ।

५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदवभाव उन्मुलन दिवसको सन्दर्भमा मंगलबार काठमाडौंमा आयोजित सार्वजनिक समारोहलाई सम्बोधन गर्दै उनले दलित, जनजाति लगायतका उत्पीडित जातिहरुले संविधान बनाउने बेलामा माओवादीलाई बुझ्न नसकेको बताए ।

उनले मत हाल्ने बेलामा माओवादीलाई नसम्झेका कारण आज उत्पीडित जातजातिको पर्याप्त हक, अधिकार सुनिश्चित हुन नसकेको बताए । मत अरुलाई दिएर ‘बाख्राको गोठालो चितुवा’ लाई बनाएको उनको टिप्पणी थियो ।

उनले भने, ‘बाख्राको गोठालो चितुवालाई दिएपछि बाख्रा सग्लो खोजेर पाइन्छ रु त्यतिखेर भोट दिने बेलामा माओवादीलाई नदिइकन अर्कोलाई दिनुभयो आज त्यही हालत छ ।’

मन्त्री मोदीले माओवादी आन्दोलनको कारणले आज बोल्न नसकेका दलितहरु बोल्न पाएको उल्लेख गरे । उनले माओवादी नेतृत्वको अहिलेको मन्त्रिपरिषद्मा समावेशीता रहेको उल्लेख गरे । मन्त्री मोदीले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा जातीय मुक्ति आन्दोलनको नेतृत्व गरेको भन्दै उनलाई नेपालको नेल्सन मण्डेलाको संज्ञा दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर