शेखर कोइराला भन्छन्- प्रचण्ड नेतृत्वको सरकार सफल बनाउन गठबन्धन मिलाउने जिम्मा कांग्रेसकै हो (भिडिओ) – Nepal Press

शेखर कोइराला भन्छन्- प्रचण्ड नेतृत्वको सरकार सफल बनाउन गठबन्धन मिलाउने जिम्मा कांग्रेसकै हो (भिडिओ)

‘कांग्रेस एकदुई दिनमै सरकारमा जान्छ’

काठमाडौं । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले केही दिनभित्रै कांग्रेस सरकारमा जाने बताएका छन् ।

गिरिजाप्रसादको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अब कांग्रेसलाई १० दलीय गठबन्धनलाई मिलाएर अगाडि जानुपर्ने महत्वपूर्ण जिम्मेवारी रहेको बताए ।

उनले भने, ‘नेपाली कांग्रेस अब एकदुई दिनभित्रै सरकारमा जाँदैछ । अब कांग्रेसलाई गल्ती गर्ने छुट छैन । कुनै किसिमको कमिकमजोरी अब कांग्रेसबाट गर्नु हुँदैन । प्रचण्डजी नेतृत्वको सरकार छ । त्यहाँ १० वटा दल छन् । त्यो दश दललाई सम्हालेर अगाडि बढ्ने जिम्मा पनि कांग्रेसकै हो ।’

उनले प्रचण्ड नेतृत्वको सरकारलाई राम्ररी चलाएर अगाडि बढ्न सक्ने विश्वास लिएको बताए । यस्तै, संक्रमणकालीन न्यायको बाँकी काम नटुंग्याएसम्म शान्ति प्रक्रिया पुरा नहुने उनको भनाइ छ । संसदमा विधेयक दर्ता आइसकेकाले अब चाँडै टुंग्याउने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर