परमानन्दका ड्राइभरदेखि चन्द्र भण्डारीको उपचारमा समेत राज्यकोषबाट खर्च, कसले कति लगे ? – Nepal Press

परमानन्दका ड्राइभरदेखि चन्द्र भण्डारीको उपचारमा समेत राज्यकोषबाट खर्च, कसले कति लगे ?

काठमाडौ । पूर्वउपराष्ट्रपति परमानन्द झाका सवारी चालकलाई पारिश्रमिक भुक्तानी गर्न २ लाख ७६ हजार दिइएको हो । मन्त्रिपरिषद्को गत असोज ७ गतेको निर्णयअनुसार उनलाई फागुनमा अर्थले भुक्तानी दिएको हो ।

ग्यास सिलिन्डर लिक हुँदा भएको आगलागीमा जलेर घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीको उपचारका लागि पनि सरकारले ५५ लाख ८८ हजार रूपैयाँ दिएको छ । काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार सम्भव नभएपछि भण्डारीलाई एयर एम्बुलेन्सबाट भारत लगिएको छ । फागुन ११ को मन्त्रिपरिषद् बैठकले उनलाई भारत लैजादा लाग्ने सवै खर्च सरकारले व्यहोर्ने निर्णय गरेको थियो । सोहीअनुसार अर्थले भुक्तानी दिएको हो ।

फागुनमा मात्र सरकारले विभिन्न व्यक्तिलाई ६४ लाख ८८ हजार रूपैयाँ आर्थिक सहायता दिइएको अर्थले जनाएको छ ।

यता भाषा आयोगका ५ जना कर्मचारीलाई तलब दिन फागुनमा ३९ लाख ८ हजार रूपैयाँ भुक्तान भएको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमार्फत विघटन भइसकेको नेपाल यातायत संस्थानको अवकाश पाएका ११० जना कर्मचारीलाई ७१ लाख २ हजार रूपैयाँ भुक्तानी दिइएको छ । डिभिजन सडक कार्यालय काठमाडौंका तत्कालीन इन्जिनियर नरनाथ पौडेलको सुविधाका लागि २२ लाख ८६ हजार भुक्तान गर्न अर्थले बजेट निकासा गरेको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका निलम्बन भएका ६ जना कर्मचारीको निलम्बन अवधिको आधा तलब र भत्ता रकम प्रदान गर्न ६६ लाख ४ हजार, यस्तै शहरी विकास तथा भवन निर्माणका निलम्बनमा परेका दुइ कर्मचारी कोमानन्द अधिकारी र दीपा श्रेष्ठको निलम्बन अवधिको तलब भत्ता दिन ४२ लाख ४४ हजार रूपैयाँ निकासा गरिएको छ ।

विभूषणमा १ करोड २४ लाख

सरकारले विभूषणका लागि तक्मा खरिद गर्न लागि मात्रै १ करोड २४ लाख खर्च गरेको छ । संविधान दिवसका दिन घोषण भएका व्यक्तिहरूलाई विभूषण प्रदान गर्न १ करोड २४ लाख रूपैयाँ १ करोड २४ लाख रुपैयाँ अर्थमन्त्रालयले गृहमन्त्रालयलाई दिएको छ । संविधान दिवसको अवसरमा यो पटक राष्ट्रपतिबाट ९ सय ९८ जनालाई विभूषण प्रदान गर्ने घोषणा गरिएको थियो । अघिल्लो वर्ष ९ सय ३ जना विभूषित भएका थिए ।

यस्तै राष्ट्रपतिको कार्यालयको श्रव्य दृश्य सामाग्री निर्माणका लागि ७ लाख रूपैयाँ खर्च भएको छ । यो रकम अर्थले राष्ट्रपति कार्यालयलाई फागुनमै दिइसकेको छ । फागुनमा ३७ करोड ४९ लाख रुपैयाँ अर्थविविध शिर्षकबाट तलब भत्ता, भ्रमण लगायतका लागि अर्थले निकासा गरेको हो ।

यता रासायनिक मल खरिदका लागि ७ अर्ब ७५ करोड रूपैयाँको पनि स्रोत सुनिश्चित गरेको छ ।


प्रतिक्रिया

2 thoughts on “परमानन्दका ड्राइभरदेखि चन्द्र भण्डारीको उपचारमा समेत राज्यकोषबाट खर्च, कसले कति लगे ?

  1. अरूलाई नआए पनि यिनलाई चाहिँ राम्रैसँग आएको हो गणतन्त्र । उपचार सुविधा मात्र हो र ?यिनले लुकाएर अरू फाईदा त कति लिए लिए ।

  2. यो गाडतन्त्र ( बिशेश जातिय लुटतन्त्र) भएकोले हो गणतन्त्र भएको भए के यस्तो हुन्थ्यो होला र !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर