मधेशका सबै वडामा अर्गानिक मलखादको साना उद्योग खोल्ने जर्मनी कम्पनीको प्रस्ताव – Nepal Press

मधेशका सबै वडामा अर्गानिक मलखादको साना उद्योग खोल्ने जर्मनी कम्पनीको प्रस्ताव

जनकपुरधाम । मधेश प्रदेशका सबै वडामा जैविक प्रविधिबाट अर्गानिक मलखाद उत्पादन गर्न साना उद्योग सञ्चालन हुने भएको छ ।

अर्गानिक मलखाद उत्पादनका लागि उद्योग सञ्चालनको प्रस्ताव जर्मनीको वेल्ट हङ्गर हाइल्फ नामक संस्थाले गरेको मधेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बसन्त कुशवाहाले जानकारी दिए ।

उनका अनुसार जर्मनी उक्त कम्पनीले मधेशका सबै १ हजार २७० वडामा मलखादको साना उद्योग सञ्चालनको प्रस्ताव गरेका हुन् । उनका अनुसार दातृ संस्थाले जमीन र प्रयोग हुने शेड बाहेक उद्योग सञ्चालनका लागि सम्पूर्ण समान, मेशिन, प्रविधि र प्रशिक्षण आदी उपलब्ध गराउनेछ ।

सबै वडामा सञ्चालन हुने उद्योगबाट भएका उत्पादनले रसायनिक मललाई विस्थापन र जमीनको उर्वरा शक्ति बढाउने मन्त्री कुशवाहाले उल्लेख गरेका छन् ।

उनले उद्योग सञ्चालनका लागि इच्छुक व्यक्ति, समूह र संस्थाहरुलाई चैत २५ गतेभित्र सम्पर्क गर्न आह्वान समेत गरेका छन् । उनले सम्पर्कका लागि ९८१७६१९०६९, ९८१६३३९४९४ र ९८११२९७४६० नम्वर समेत सार्वजनिक गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर