क्रिकेटमा मेरो समय सकिएको ‘फिल’ भएको छैनः ज्ञानेन्द्र मल्ल (भिडिओ) – Nepal Press
नेपाल टक

क्रिकेटमा मेरो समय सकिएको ‘फिल’ भएको छैनः ज्ञानेन्द्र मल्ल (भिडिओ)

काठमाडौं । पूर्वकप्तान ज्ञानेन्द्र मल्ल नेपाली राष्ट्रिय क्रिकेट टोलीका सबैभन्दा सिनियर खेलाडी हुन् । तर, नेपालले गत साता यूएईविरुद्ध ऐतिहासिक जीत हासिल गर्दै विश्वकप क्वालिफायरमा स्थान पक्का गर्दा उनी भने बेञ्चमा थिए ।

लिग-२ को अन्तिम खेलमा यूएईविरुद्ध उत्रिएको नेपाली टोली डकवर्थ एन्ड लुइस नियमको आधारमा ९ रनले विजयी भयो । निकै तनावपूर्ण म्याचमा मैदानभित्र खेलाडीहरु जति प्रेसरमा थिए, मैदानबाहिर ज्ञानेन्द्र त्योभन्दा बढी व्यग्र देखिन्थे । उत्तेजित हुन लागेका दर्शकहरुलाई सम्झाउनेदेखि क्रिजमा रहेका खेलाडीहरूलाई आफैं पानी पुर्‍याउन गएर हौसला दिनेसम्मको जिम्मेवारी उनले निभाए । मैदानबाहिरबाट ज्ञानेन्द्रले देखाएको ‘गेस्चर’ यतिबेला क्रिकेटप्रेमीमाझ चर्चाको विषय बनिरहेको छ ।

एक महिनाअघिसम्म दयनीय अवस्थामा रहेको नेपाली क्रिकेट टोली यसबीचमा विश्वकप लिग- २ का १२ मध्ये ११ खेलमा जीत हात पार्दै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता थप चार वर्षका लागि जोगाउन सफल भयो । पछिल्ला खेलहरु खेल्न नपाए पनि नेपालको यो रोमाञ्चकारी यात्राका एक अभिन्न सदस्य ज्ञानेन्द्र पनि हुन् । नेपाली क्रिकेटले प्राप्त गरेको यो अभूतपूर्व सफलता, प्रशिक्षक मोन्टी देसाई र युवा कप्तान रोहित पौडेलको भूमिकालगायत विषयमा पूर्वकप्तान ज्ञानेन्द्र मल्लसँग गरिएको संवादः

– नेपाली क्रिकेट टीमले ओडीआई स्टाटस जोगाउँदै विश्वकप छनोटमा समेत स्थान बनाएको छ । तपाईंलाई यतिबेला कस्तो अनुभूति भइरहेको छ ?

एकदमै खुशी छु । सर्वप्रथम त हामी एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन सफल भयौं । सबैभन्दा महत्वपूर्ण कुरा यही थियो । त्यसमा पनि विश्वकप छनोटमा सोझै पुगेकोमा अझ बढी खुशी छु ।

– एक महिनाअघि तपाईंले आगामी दिनबारे के सोच्नुभएको थियो ?

क्वालिफाइ गर्न अलिक गाह्रो हुन्छ जस्तो लागेको थियो । अरुको रिजल्टमा पनि भर पर्नुपर्ने देखिन्थ्यो । ओडीआई स्टाटसका लागि पनि १२ मध्ये कम्तिमा ९ वटा खेल जित्नुपर्ने अवस्था थियो । त्यति जितेमा हामी ओडीआई बचाउन सक्छौं भन्ने थियो ।

प्रशिक्षक मोन्टी देसाई आएपछि एक पटकमा एउटा खेलमा मात्र केन्द्रित हुने रणनीतिअनुसार अगाडि बढ्यौं । खेलहरु जित्दै जाँदा विश्वकप छनोटमा पुग्ने हिम्मत पनि बढ्दै गयो ।

प्रशिक्षक मोन्टी देसाई आएपछि एक पटकमा एउटा खेलमा मात्र केन्द्रित हुने रणनीतिअनुसार अगाडि बढ्यौं । खेलहरु जित्दै जाँदा विश्वकप छनोटमा पुग्ने हिम्मत पनि बढ्दै गयो ।

– एक महिनाको अन्तरमा नेपाली क्रिकेट यहाँसम्म आइपुग्नुमा मुख्य कारणहरु के हुन् भन्ने लाग्छ ?

नयाँ प्रशिक्षक, खेलाडी, राष्ट्रिय टोली, नेपाल क्रिकेट संघ, समर्थकसहित सरोकारवाला पक्षको स–सानो योगदानका कारण यो सम्भव भए जस्तो लाग्छ । त्यसमा पनि मुख्य कुरा त टीम नै हो । टीममा पनि प्रशिक्षकले जसरी एक प्रकारको इनर्जी र सोच लिएर आउनुभयो, त्यो एकदम राम्रो थियो ।

– उहाँको फरक सोच के थियो ?

सबैलाई बराबर व्यवहार गर्नुभएको छ । टीमभित्रका सबै कुरा बुझ्नुभयो । नेपाली क्रिकेटमा पछिल्लो एक वर्ष राम्रो नभइरहेको अवस्थामा पनि राम्रो गर्न सकिन्छ भन्ने सोचले उहाँ यहाँ आउनुभएको हो ।

आफ्नो जिम्मेवारी पक्का नभइसकेको अवस्थामा पनि उहाँले आएर काम सुरु गरिसक्नुभएको थियो । त्यो नै सकारात्मक संकेत हो । उहाँ विगतमा के भयो भन्दा पनि अब के गर्ने र के गर्न सकिन्छ भन्नेतर्फ केन्द्रित हुनुभयो । सबै जनालाई पोजेटिभ माइन्ड सेटमा ल्याउनुभयो । टीमलाई माहोलमा लिएर जाने, ह्याप्पी ड्रेसिङ रुमको सोचसहित उहाँ फोकस हुनुभयो । यसले गर्दा टीममा पोजेटिभ इनभारोमेन्ट, पोजेटिभ भाइभ देखियो । सबैलाई एक ठाउँमा राखेर अघि बढ्नुभयो । सायद सबैभन्दा राम्रो पक्ष नै यही थियो ।

– डिसेम्बरमा नामिबियामा एक खेल पनि जित्न नसक्नु, पहिलोपटक आयोजना भएको नेपाल टी-२० स्पट फिक्सिङ विवादमा पर्नु, बलर र ब्याट्सम्यानहरुमाथि आशंका बढ्नु र अन्य त्यस्तै घटनाहरुबीच ह्याप्पी ड्रेसिङ रुमको सोच कति च्यालेन्जिङ थियो ?

एकदमै नराम्रो अवस्थामा हामी थिएनौं । कहिले कहिले स-सानो फ्याक्टरलाई एक जनाले एक ठाउँमा ल्याएर निर्देशन गर्न जरुरी हुन्छ । उहाँले त्यो गर्न सक्नुभयो । सकारात्मक माहोल कसरी बनाउने, ड्रेसिङ रुममा शान्त कसरी बस्ने, एक अर्कामा विश्वास कसरी बढाउने भन्ने कुराहरु महत्वपूर्ण हुन्छन् । रिजल्टहरु आफ्नो पक्षमा नआइरहँदा त्यहाँ आशंका हुन्छ । हाम्रोमा पनि आशंका थियो । तर, त्यसबाट माथि उठेर सकारात्मक दिशामा जाने कुराहरु, मानसिक अभ्यास जस्ता कुराहरुमा उहाँले काम गर्नुभयो ।

विगतका प्रशिक्षकहरुभन्दा मन्टी सर मैदान बाहिर र भित्र अलि बढी सहयोगी हुनुहुन्छ । सायद पहिला यू-१९ टीमसँग काम गर्नुभएको र त्यतिबेला खेलेका खेलाडीहरु अहिले सिनियर टोलीमा रहेका कारण उहाँलाई काम गर्न सजिलो पनि भए जस्तो लाग्छ ।

– खेलाडीहरु ती नै हुन् । तर, अहिले नेपालले सुखद नतिजा निकालिरहेको छ । के यो सबै नयाँ प्रशिक्षककै कारण मात्र सम्भव भएको हो ?

टीमको सफलतामा प्रशिक्षकको भूमिका हुन्छ नै । तर, त्यो सँगसँगै सबै टीम सदस्य, स्टाफ, क्यान, व्यवस्थापनदेखि सबै जनालाई यसको क्रेडिट दिनुपर्छ । किनभने सबैजना मिलेर एउटा माहोल बनाउनुभयो पछिल्लो समय । सबै जनाले अब यहाँभन्दा हाम्रो क्रिकेट तल खस्किनु हुँदैन भनेर इफोर्ट लगाउनुभयो । मोन्टी सर आइसकेपछि उहाँको निर्देशनमा थप प्रयास भयो । उहाँहरु सबैलाई क्रेडिट जान्छ ।

विगतमा पनि हाम्रो ब्याटिङ नराम्रो थिएन । खेल कौशल हुँदाहुँदै पनि रिजल्ट आइरहेको थिएन । तर, अहिले विस्तारै ब्याट्सम्यानहरुले लय समातरहेका छन् । यो किसिमको एक्सपोजर र गेम हुने हो भने अझ राम्रो हुन्छ ।

– ब्याटिङमा नेपालले निकै सुधारिएको प्रदर्शन गर्‍यो । नयाँ राष्ट्रिय कीर्तिमानको लक्ष्य दियो र नयाँ राष्ट्रिय कीर्तिमानको लक्ष्य पूरा गर्‍यो । यसलाई कसरी लिनुहुन्छ ?

टीममा एकले अर्कोलाई कसरी विश्वास गरिरहेको छ भन्ने पनि महत्वपूर्ण हुन्छ । एकले अर्कोलाई साथ दिने कुराहरु टीम गेममा अर्थ राख्छ । अब ठूलो रनको लक्ष्य चाहिँ (केही रोकिएर) मलाई लाग्छ विकेट राम्रो भएका कारण हामी सफल भयौं । अझ राम्रो विकेटमा खेल्न पाउने हो भने अझ राम्रो गर्न सक्छन् । विगतमा पनि हाम्रो ब्याटिङ नराम्रो थिएन । खेल कौशल हुँदाहुँदै पनि रिजल्ट आइरहेको थिएन । तर, अहिले विस्तारै ब्याट्सम्यानहरुले लय समातरहेका छन् । यो किसिमको एक्सपोजर र गेम हुने हो भने अझ राम्रो हुन्छ ।

– एक महिनाअघि सन्दीप लामिछानेलाई राष्ट्रिय टोलीमा फर्काउँदा निकै विवाद भएको थियो । नेपालको यो सफलतामा उनको भूमिकालाई कसरी हेर्नुहुन्छ ?

टीममा जो पनि आउनुहुन्छ, हामी उहाँहरुलाई स्वागत गर्छौं । टीम भनेकै एक अर्कालाई सपोर्ट गर्दै जाने हो । ग्राउन्डमा हुँदा टीमका रुपमा जाने हो । खेलाडीका रुपमा सन्दीप महत्वपूर्ण सदस्य हो । राम्रो पनि गरिरहेको छ । म्याच विनर हो । गएको तीनवटा श्रृंखलामा राम्रो गर्‍यो । बलमा मात्र होइन ब्याटबाट पनि राम्रो गरेर एउटा खेल जिताउन योगदान गर्नुभयो ।

– तल्लोक्रमको ब्याट्सम्यानहरुले पनि यसपटक निकै राम्रो प्रदर्शन गरेका छन् । बलरहरुले पनि ब्याटिङमा योगदान दिनुले कति फरक परेको छ ?

टीममा भएका सबैजना ब्याट्सम्यान हुन् । किनभने आवश्यक पर्दा उहाँहरु सबैले ब्याटिङ गर्नुपर्छ । म बलर हो, मेरो काम बलिङ गर्नेमात्र हो भन्ने हुँदैन । हामीसँग तल्लो क्रममा रहेका ब्याट्सम्यानहरु विगतमा पनि ब्याटिङ गर्न सक्ने क्षमताकै हुनुहुन्थ्यो । टीममा अहिले एकअर्काप्रति विश्वास र सहयोगका कारण तल्लो क्रमले पनि राम्रो खेल्न सकिरहेको छ । माथिदेखि राम्रो हुँदै आएपछि अरुलाई पनि विश्वास हुन्छ कि म पनि राम्रो गर्न सक्छु भनेर । मलाई लाग्छ- खेलाडीलाई आफ्नो भूमिका के हो भन्नेबारे स्पष्टता बढिरहेको छ ।

– पूर्वकप्तान भएको हिसाबले वर्तमान कप्तान रोहित पौडेलको नेतृत्व क्षमतालाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

हामीले पहिल्यैदेखि रोहितलाई क्याप्टेन मटेरियल भन्दै आएका थियौं । धेरै पोटेन्सियल भएको प्लेयर हो, खेलाडी र ब्याट्सम्यान दुवै रुपमा । टीमलाई सजिलै लिएर जान सक्ने, सबैको कुरालाई सुन्ने राम्रो गुण छ । कप्तानका रुपमा उसको सुरुवात निकै राम्रो भएको छ । अझ योभन्दा बेटर हुँदै जान्छ, प्रदर्शन र कप्तान दुवै रुपमा ।

टीममा भएका सबैजना ब्याट्सम्यान हुन् । किनभने आवश्यक पर्दा उहाँहरु सबैले ब्याटिङ गर्नुपर्छ । म बलर हो, मेरो काम बलिङ गर्नेमात्र हो भन्ने हुँदैन । हामीसँग तल्लो क्रममा रहेका ब्याट्सम्यानहरु विगतमा पनि ब्याटिङ गर्न सक्ने क्षमताकै हुनुहुन्थ्यो ।

जति गर्दै गयो मैदानमा त्यति नै आत्मविश्वास बढ्दै जान्छ । निर्णय गर्न सक्ने क्षमताको अझ विकास हुन्छ । यी तीनवटा सिरिजमा उसले राम्रो गरेको छ । अझ कप्तान र प्रशिक्षकबीच राम्रो कम्बिनेसन देखिएको छ । रोहितको सबैभन्दा राम्रो बानी भनेको ऊ हाँसिरहन्छ । मान्छे सिम्पल छ । मेहनती धेरै छ । धेरै मेहनत गर्न रुचाउँछ । कुनै पनि कुरालाई छिट्टै पिक गर्छ । मलाई जहाँसम्म लाग्छ उसले क्रिकेटभन्दा बाहेक धेरै कुरा सोच्दैन ।

– एउटा खेलाडीले सोच्ने र कप्तानले सोच्ने कुरामा के फरक हुन्छ ?

कप्तान भएपछि आफ्नो खेललाई मात्र हेरेर पुग्दैन । अरु टीमको गेमलाई, डिसिजनलाई हेर्नुपर्छ । टीममा सबैको सुझाव सुने पनि निर्णय गर्ने अधिकार कप्तानलाई नै हुन्छ । टीमलाई सफलता दिलाउने, अझ राम्रो प्रदर्शन गर्नेबारे सोच्नुपर्ने चुनौती कप्तानलाई रहन्छ । त्यसको लागि कप्तानले सही तरिकाले सामना गर्नुपर्छ । कप्तानले खेलाडी र कप्तान दुवै भएर सोच्नुपर्ने, जिम्मेवारी पूरा गर्नुपर्ने हुन्छ । ती दुवै जिम्मेवारी एकसाथ हुँदा कहिलेकाहीं व्यक्तिगत प्रदर्शन खस्कन सक्छ । कसैको हकमा अझै निखारिएको पनि देखिन्छ ।

अहिले रोहितको सन्दर्भमा भन्नुपर्दा कप्तानका रुपमा निकै राम्रो गरिरहेको छ । लिडरका रुपमा उदाहरण प्रस्तुत गरेको छ ।

– यो एक महिनामा तपाईं निकै तनावमा भएको क्षण सम्झिन सक्नुहुन्छ ?

त्यस्तो थिएन । म खुशी थिएँ । हामी एउटै लक्ष्य बोकेर अगाडि हिँडेका थियौं । अनि हरेक खेलमा हामी नजिकभन्दा नजिक पुगिरहेका थियौं ।

– यूएईसँगको अन्तिम खेलमा तपाईं मैदानबाहिर एकदमै अधैर्य देखिरहनुभएको थियो नि ? खेल्दा भन्दा बाहिरबाट हेर्दा बढी तनाव हुने हो ?

तनावभन्दा पनि सिचुएसन अलिकति ट्रिकी भइरहेको थियो । हामी अलिक तल परेको अवस्था थियो । त्यसैले पानी नपरोस् भन्ने कामना गरिरहेको थिएँ । पानी आएन वा खेल रोकिएन, ५० ओभरसम्म पुग्यो भने हामी खेल जित्छौं भन्ने थियो ।

टाइम पनि स्लो भइरहेको थियो, ब्याड लाइटले गर्दा खेल रोकिने हो कि भन्ने चिन्ता पनि थियो । कति कुराहरुमा सन्देश पनि खेलाडीहरुलाई पुर्‍याउनुपर्ने हुन्छ सिनियर खेलाडी भएको हिसाबले । कहिलेकाहीं कोचको निर्देशन, कहिलेकाहीं आफूलाई लागेका कुराहरु शेयर गर्न सकिन्छ । बाहिर बस्ने खेलाडीको पनि रोल हुन्छ । त्यो भनेको सरसल्लाह भएको इन्फरमेसन खेलाडीसम्म पुर्‍याउने, मोटिभेट गर्ने भन्ने नै हो । मैदान भित्र र बाहिर कम्युनिकेसन गर्ने र बढाउने भन्ने हो ।

हामीले पहिल्यैदेखि रोहितलाई क्याप्टेन मटेरियल भन्दै आएका थियौं । धेरै पोटेन्सियल भएको प्लेयर हो, खेलाडी र ब्याट्सम्यान दुवै रुपमा । टीमलाई सजिलै लिएर जान सक्ने, सबैको कुरालाई सुन्ने राम्रो गुण छ ।

– खेलमा पानी पर्नपर्न लागिरहेको अवस्थामा गुल्सन झाले एकै ओभरमा बनाएको २० रनले नेपाल डकवर्थमा माथि उक्लिएको थियो । बाहिरबाट नै त्यो ओभरमा आक्रामक खेल्न सन्देश पठाइएको थियो कि ब्याट्सम्यानले आफ्नै सुरमा खेलेका हुन् ?

त्यो अवस्थामा कम्युनिकेसन चाहिं सफल भएकै हो । जुन अवस्थामा खेल चलिरहेको थियो, मैदान भित्र र बाहिर म्यासेजको आदानप्रदान एकदमै बढ्नुपर्ने अवस्था थियो । हरेक ओभरमा हामीले डकवर्थको लक्ष्य देखिरहेका थियौं । त्योअनुसार हामी कति तलमाथि छौं र कसरी खेल्नुपर्छ भनेर ब्याट्सम्यानलाई भन्नु जरुरी थियो ।

त्यो दिन गुल्सनले अगाडिदेखि नै हिट गर्न ट्राइ गरिरहेको थियो । उसलाई दिएको भूमिकामा जम्ने प्रयास गरिरहेको थियो । तर, अगाडि भने जस्तो भइरहेको थिएन, बल राम्रोसँग लागिरहेको थिएन । त्यो अवस्थामा हामी रनले पनि पछाडि थियौं । १७-१८ रनले पछाडि भएपछि दबाब पर्नु स्वाभाविक थियो । अनि खेल कुनै पनि बेला रोकिनसक्ने अवस्था आउँछ भन्ने पनि थियो । त्यसबारे ब्याट्सम्यानलाई हामीले भनिरहेका थियौं ।

जब कमजोर बलर आउँछ, उसलाई टार्गेट गर्नु जरुरी थियो । भाग्यमानी भन्नुपर्छ, यूएईका कप्तान वासिमको त्यो ओभरलाई हामीले एउटा ठूलो ओभर बनाउन सक्यौं । त्यसले गर्दा गेम चेन्ज भयो ।

– पछिल्ला दुइटा खेलमा टोलीका सबैभन्दा अनुभवी तपाईं बेञ्चमै रहनुप¥यो । अर्का सिनियर खेलाडी करण केसी पनि अन्तिम खेलमा बेन्चमै थिए । नेपाली टोली युवा खेलाडीसहित उत्रिएर खेल जित्न सफल भयो । युवा खेलाडीले राम्रो गरिरहेको अवस्थामा टीममा तपाईले आफ्नो पोजिसनलाई कसरी हेरिरहनु भएको छ ?

खेलमा सिनियर जुनियर भन्ने नै हुँदैन । आ-आफ्नो रोललाई लिएर सबै जना क्लियर थियौं । कुन खेलाडी कुन रोलमा र कुन सिचुएसनमा बढी काम लाग्छ टीमका लागि भन्ने कुरा क्लियर थियो । गुल्सनलाई ल्याउनु, करणलाई ड्रप गर्नु, म बाहिर बस्नु सबै कुरा टीमलाई त्यतिबेला के आवश्यकता थियो भन्ने कुरा हो ।

जब कमजोर बलर आउँछ, उसलाई टार्गेट गर्नु जरुरी थियो । भाग्यमानी भन्नुपर्छ, यूएईका कप्तान वासिमको त्यो ओभरलाई हामीले एउटा ठूलो ओभर बनाउन सक्यौं । त्यसले गर्दा गेम चेन्ज भयो ।

मेरो काम भनेको क्रिकेट खेल्ने हो । यदि टीममा मेरो समय सकिएको भन्न खोज्नुभएको हो भने त्यो टाइम अहिले मैले फिल गरेको छैन । मैले फस्ट टाइम ब्याट समाउँदा अर्को १०-२० वर्ष खेल्छु भनेर सोचेर आएको होइन । अहिले पनि त्यो सोचेको छैन ।

– नेपालका लागि एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्ने प्रमुख विषय थियो कि विश्वकप छनोटमा पुग्ने ?

पक्कै पनि मेजर कुरा त एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता नै हो । तर, त्योभन्दा एक कदम अगाडि बढेर सोच्ने हो भने हामी विश्वकपमा छनोट हुन सक्ने पोजिसनमा पनि त पुगेका छौं । हामीले अझ राम्रो ग¥यौं भने विश्वकप खेल्न सक्छौं । जुन सबैको सपना हो ।

– सिनियर खेलाडी र क्यानबीच लामो समयदेखि टसल देखिँदै आएको छ । अब ह्याप्पी ड्रेसिङ रुमबाट ह्याप्पी क्रिकेट फ्यामिली पनि बनेको अवस्था हो ?

परिवारमा सबै समेटिएपछि कहिलेकाहीं ठाकठुक पर्नु स्वाभाविक हो । त्यो राम्रो पनि हो । क्रस चेक पनि भइरहन्छ । रिहर्सल पनि हुन्छ । त्यसलाई व्यक्तिगत रुपमा वा बखेडाका रुपमा नलिने हो भने त्यसले राम्रै गर्छ जस्तो लाग्छ । एक-अर्कालाई बुझ्न अझ सजिलो हुन्छ ।

खेलाडी भएपछि अहिले बढी पाउन खोज्छ, दिनेले अलि धेरै पो दिएँ कि भन्ने पनि सोच्न सक्ला । मलाई लाग्छ, हामी टीमबाट ह्याप्पी क्रिकेट फ्यामिलीका रुपमा पनि मुभ अन भइरहेका छौं । राम्रो हुँदा सबै चिज राम्रै लाग्छ । तर, भविष्यमा नराम्रो भइहाल्दा यसरी नै एकजुट हुन्छौं कि हुन्नौं भन्ने हो । फ्यामिली भएपछि पक्कै पनि एक ठाउँमा हुन्छ नै ।


प्रतिक्रिया

One thought on “क्रिकेटमा मेरो समय सकिएको ‘फिल’ भएको छैनः ज्ञानेन्द्र मल्ल (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *