वर्ल्डलिंकले ल्यायो १ अर्ब ९८ करोड विदेशी लगानी – Nepal Press

वर्ल्डलिंकले ल्यायो १ अर्ब ९८ करोड विदेशी लगानी

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनले १ अर्ब ९८ करोड विदेशी लगानी ल्याएको छ ।

दोस्रो चरणमा सो लगानी ल्याएको कम्पनीले बताएको छ । पहिलो चरणमा २ अर्ब विदेशी लगानी ल्याएको थियो । भने, हालसम्म वर्ल्डलिंकले ३ अर्ब ३३ करोड विदेशी लगानी ल्याएको हो ।

कम्पनीले ब्रिटिश इन्टरनेसनल इन्भेष्टमेन्टबाट १ अर्ब ८ करोड र डोल्मा ईम्प्याक्ट फण्ड २ बाट ९० करोड गरी कुल १ अर्ब ९८ करोड विदेशी लगानी भित्र्याएको हो ।

सन् २०१९ को अक्टोबरमा कम्पनीले ब्रिटिश इन्टरनेसनल इन्भेष्टमेन्टबाट १ अर्ब ३५ करोड विदेशी लगानी ल्याएको थियो । यस सँगै कम्पनीले ल्याएको विदेशी लगानीको आकार ३ अर्ब ३३ करोड पुगेको छ ।

नयाँ विदेशी लगानीबाट इन्टरनेटको सेवा विस्तार र नयाँ १ हजार रोजगारी थपिने कम्पनीले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर