लेखराज भट्टले भने- व्यवसायीका समस्या समाधान गर्न एमालेले भूमिका खेल्छ – Nepal Press

लेखराज भट्टले भने- व्यवसायीका समस्या समाधान गर्न एमालेले भूमिका खेल्छ

कैलाली । नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले पछिल्लो समय उद्योगी व्यवसायीहरु थुप्रै समस्यासँग जुधिरहेको बताएका छन् ।

नेकपा एमालेको जनवर्गिय सङ्गठन नेपाल उद्योग तथा व्यवसायी महासङ्घ सुदूरपश्चिम प्रदेशको तेस्रो विस्तारित बैठकलाई सम्बोधन गर्दै भट्टले नेपाली उद्योगी व्यवसायीहरुले थुप्रै समस्या झेलिरहेको र ती समस्या समाधान गर्न एमालेले पहल गरिहरेको बताए ।

‘तपाइहरू अहिले थुप्रै समस्यासँग झेलिरहनु भएको छ ती समस्या हल गर्न हाम्रो पार्टीले पनि भूमिका खेल्छ’ उनले भने ‘तपाइहरू पनि ती समस्या हल गर्ने बिषयमा एक भएर लाग्नु होला ।’

सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लाबाट आएका उद्योगी तथा व्यवसायीहरूले हकहितका लागि पार्टीले सशक्त रुपमा भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए ।

महासङ्घका केन्द्रीय उपाध्यक्ष तथा सुदूरपश्चिम इन्चार्ज सुर्यबहादुुर थापाले व्यवसायीहरूका समस्या समाधानका लागि पार्टीले सरकारलाई दबाब दिन भूमिका खेल्नुपर्ने बताए ।

उनले चर्को ब्याजदर, व्यवसायीलाई मर्का पर्ने बैङ्किङ नीति लगायतका कारणले व्यावसायिक चुनौती थपिएकाले महासङ्घसँगै पार्टीले सदनबाट अभिभावकी भूमिका निर्वाह गर्नुपर्ने बताउँदै नभए व्यवसायी अभिभावकविहीन हुने उल्लेख गरेका थिए ।

महासङ्घका केन्द्रीय कमिटी सदस्य पदम चौलागाईले व्यवसायीलाई मार पार्ने गरि राष्ट्र बैङ्कले नीति बनाउँदा समेत पार्टीको धारणा र सरकारलाई जिम्मेवार बनाउनतर्फ ध्यान जान नसकेको बताए ।

कार्यक्रममा स्थायी समिति सदस्य तथा जनसङ्गठन समन्वय विभाग प्रमुख भानुभक्त ढकालले व्यवसायीका समस्या समाधानका लागि उनीहरुको आन्दोलनमा एमालेले साथ दिने बताए ।

एमाले सुदूरपश्चिम प्रदेश सचिव धर्म राज पाठकले पार्टीका सबै जनसङ्गठनले वर्गीय मुद्दा मा जोडिन आवश्यक रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर