कप्तान रोहित पौडेललाई गृहजिल्ला नवलपरासीमा सम्मान – Nepal Press

कप्तान रोहित पौडेललाई गृहजिल्ला नवलपरासीमा सम्मान

रुपन्देही । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई सोमबार गृहजिल्ला नवलपरासीमा सम्मान गरिएको छ ।

बर्दघाट १४ वुद्धबस्ती निवासी पौडेललाई सोमबार नवलपरासीमा जिल्लाका विभिन्न संघ संस्थाले सम्मान गरेका छन् ।

खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमै नेपालको नाम उचो बनाउन सफल भएको भन्दै जिल्ला खेलकुद विकास समिति, रामग्राम जेसिज लगायत एक दर्जन संघसंस्थाले सम्मान गरेका हुन् ।

कप्तान पौडेलले यो पटक नेपाली क्रिकेट इतिहासमा महत्वपूर्ण जित निकाल्न सफल भएको बताउँदै अझै लामो यात्रा बाँकी रहेको बताए । पौडेलले यो जित सबै नेपालीको जित भएको उल्लेख गरे ।

सम्मान कार्यक्रममा बोल्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रितमान कामु, नेपाल पत्रकार महाससंघ नवलपरासीका अध्यक्ष हरि शर्मा र रामग्राम जेसिजका अध्यक्ष वेनिमाधव बस्यालले कप्तान पौडेलको नेतृत्वमा नेपाली क्रिकेट टोलीले महत्वपूर्ण उपलब्धि हासिल गर्न सफल भएकोमा बधाई ज्ञापन गरेका थिए ।

नेपाली क्रिकेट टोली हालै सम्पन्न विश्वकप क्रिकेट लिग २ त्रिकोणात्मक सिरीजमा विजेता बन्दै विश्वकप क्वालिफायरमा छनोट भएकाले सरकारी तथा गैरसरकारी निकायबाट हौसला स्वरुप सम्मान गरिदै आएको छ ।

लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टिममा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने सिनियर खेलाडीलाई एक लाख र जुनियर खेलाडीलाई ५० हजार नगद प्रदान गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको वैठकले प्रदेशबाट प्रतिनिधित्व गरेका ६ जना सिनियर खेलाडीलाई एक लाखका दरले र ५ जना जुनियर खेलाडीलाई जनही ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर