अमेरिकामा ‘छक्का पञ्जा’ हेरेपछि ऋचा घिमिरेले गरिन् बेनिसाको तारिफ – Nepal Press

अमेरिकामा ‘छक्का पञ्जा’ हेरेपछि ऋचा घिमिरेले गरिन् बेनिसाको तारिफ

काठमाडौं । अमेरिका बस्दै आएकी नायिका ऋचा घिमिरेले चलचित्र ‘छक्का पञ्जा ४’ हेरेपछि सोही चलचित्रकी नायिका बेनिशा हमालको तारिफ गरेकी छन् । अमेरिकामै रहेकी अर्की नायिका अरुणीमा लम्सालसँग चलचित्र हेर्न पुगेकी घिमिरेले आफ्नो सामाजिक सञ्जालमार्फत बेनिशाको अभिनयको तारिफ गरेकी हुन् ।

उनले चलचित्रमा सम्पूर्ण टीमको काम अब्बल भएको दाबी गरेकी छन् । आम दर्शकको स्वादमा चलचित्रको कथावस्तु तयार पारिएको उनको भनाइ छ ।

उनले लेखेकी छन्, ‘चलचित्रको कथावस्तुमा आम दर्शकको स्वाद देखियो। माग्ने बुढाले गज्जब हसाए। दिपक राज गिरी दाजु र दीपा श्री निरौला दिदीले आजसम्म कसैले नगरेको काम गरे। मेकिङ्, अभिनय र गीत-संगीतमा पुरै टिम अब्बल भएको छ ।’

उनले चलचित्रमा दिपक-दीपाको जोडी र माग्ने बुढाले चौतर्फी वाह-वाही पाइरहँदा सोही चलचित्रमा अभिनित नायिका बेनिशा हमालको भने खुलेर तारिफ नभएको कुरा स्टाट्समा उल्लेख गरेकी छन् । उनले बेनिशाको प्रस्तुतीको खुलेर तारिफ गर्दै प्रश्न गरेकी छन्, ‘चलचित्रमा बेनिशाको अत्यन्त राम्रो प्रस्तुती। खै त बेनिशाको कामको बारेमा खुलेर तारिफ भएको ?’

बेनिशा चलचित्र रिलिज अघि खासै फोकसमा थिइनन् । चलचित्र कस्तो बनेको होला भन्ने कौतुहलको बिच ‘छक्का पञ्जा ४’ले शानदार व्यापार गर्यो । चलचित्रले राम्रो व्यापार र तारिफ पाएपनि बेनिशाले भने दर्शकको सोचेजस्तो साथ र प्रतिक्रिया पाएकी छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर