तिलोत्तमा गोल्डकपमा विभागीय एपीएफलाई हराउँदै फ्रेण्डस् क्लब सेमीफाइनलमा – Nepal Press

तिलोत्तमा गोल्डकपमा विभागीय एपीएफलाई हराउँदै फ्रेण्डस् क्लब सेमीफाइनलमा

रुपन्देही । बुटवलमा जारी तिलोत्तमा गोल्डकपमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ)लाई स्तब्ध पार्दै फ्रेण्डस क्लवले सेमीफाइनलको यात्रा तय गरेको छ ।

शनिबारदेखि शुरु भएको गोल्डकपको तेस्रो खेलमा फ्रेण्डस क्लबले २-१ गोल अन्तरले एपिएफलाई पराजित गरेको हो । खेलको शुरुवातीदेखि नै दवावमा राखेको फ्रेण्डस क्लबले विभागीय टिम एपिएफका खेलाडीलाई निरीह बनाएको थियो ।

फ्रेण्डसको तर्फबाट खेलको डोना थापा र बिदेशी खेलाडी राफिक आमेनुले एक एक गोल गरेका थिए । एपिएफको तर्फबाट ९० मिनेट पछिको ईन्जुरी समयमा बिरेन्द्रले गोल गरेपनि खेलमा फर्किन भने सकेकनन् ।

खेलमा म्यान अफ द म्याचबाट पुस्कृत हुँदै फ्रेण्डस क्लवका राफिया एमाण्डुले ११ हजार १ सय ११ रुपैयाँ, यति हेल्मेट र करेन्ट चाउचाउ प्राप्त गरेका थिए ।

रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा एन्फा टेक्निकल सेन्टर देवीनगरमा चलिरहेको तिलोत्तमा गोल्डकपमा दुई विभागीयसहित ८ टिम सहभागी भएको प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने संघले जनाएको छ । गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ ।

सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

मंगलबारको खेलमा नेपाल प्रहरी क्लब र मनाङ मस्याङ्दी क्लबबीच हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर