भोलिदेखि नै सरकारलाई पूर्णता दिनेतर्फ लाग्छौं : प्रधानमन्त्री प्रचण्ड – Nepal Press

भोलिदेखि नै सरकारलाई पूर्णता दिनेतर्फ लाग्छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलिदेखि नै सरकारलाई पूर्णता दिनेतर्फ लाग्ने बताएका छन् । विश्वासको मत प्राप्त गरिसकेपछि संसद भवनबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले भोलिदेखि नै गठबन्धनमा रहेका दलहरुबीच छलफल गरेर सरकारले पूर्णता दिने बताए ।

‘आज विश्वासको मत प्राप्त भइसकेपछि भोलि बिहानबाट सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुन्छ’, उनले भने, ‘अब गठबन्धनमा जो जो दलहरु हामीसँग रहेका छन् दलहरुबीच छलफल भएर मन्त्रिपरिषद विस्तार हुन्छ । दुई चारदिन भित्रमै सबै टुंग्याउने र अनि काम गर्ने विचार छ ।’

वैशाखमा नयाँ गठबन्धन बन्न सक्छ भन्ने टिप्पणी आएको छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा प्रचण्डले त्यस्तो नहुने दाबी गरे । सरकार अघि बढिसकेको उनको भनाइ छ ।

त्यस्तै, भारत भ्रमण कहिले हुन्छ भन्ने प्रश्नमा उनले सम्भवतः यही महिना वा आगामी महिनामा हुनसक्ने प्रचण्डले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर