जनकपुरको राराब क्याम्पसको सभापतिमा नेविसंघका यादव विजयी – Nepal Press

जनकपुरको राराब क्याम्पसको सभापतिमा नेविसंघका यादव विजयी

जनकपुरधाम । जनकपुरधामको रामस्वरूप रामसागर बहुमुखी (राराब) क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का मनिस कुमार यादव विजयी भएका छन् ।

१ हजार १४८ मत ल्याएर यादव सभापतिमा विजयी भएका हुन् । उनका निकटम प्रतिद्धन्दी लोकतान्त्रिक विद्यार्थी संघका उम्मेदवार प्रशान्त झाले मात्र ७१५ मत पाए ।

स्ववियू सचिवमा लोकतान्त्रिक विद्यार्थी संघका करण साह विजयी भएका छन् । साहले ९२६ मत ल्याएर विजयी हुँदा नेविसंघका रञ्जित मण्डलले ८०९ मत पाए ।

कोषाध्यक्षमा नेविसंघकै राकेश कुमार सिंह ९९८ मत ल्याएर विजयी भएका छन् । उनका निकटम प्रतिद्धन्दी लोकतान्त्रिक विद्यार्थी संघका अजय कुमार पण्डित ८२६ मत ल्याए ।

८ जना सदस्यमा सबै नेविघसंघकै उम्मेदवार विजयी भएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर