युट्युबरमाथि प्रेस काउन्सिलको निगरानी- ऐनविपरीत गतिविधि भए कारबाही गर्न सिफारिस गर्ने

२०७९ चैत ६ गते १७:००

काठमाडौं । प्रचलित ऐन-कानूनविपरीत गतिविधि गर्ने तथा सामग्री प्रशारण गर्ने कुनै मिडियासँग आबद्ध नरहेका युट्युब च्यानलहरुलाई कारबाहीका लागि प्रेस काउन्सिलले प्रहरीको साइबर ब्युरोलाई सिफारिस गर्ने भएको छ ।
काउन्सिलले छुट्टै डेस्क गठन गरी त्यस्ता युट्युब च्यानलको अनुगमन गरिरहेको जनाएको छ ।
काउन्सिलले सोमबार जारी विज्ञप्ति गर्दै आचारसंहिताको चरम उल्लंघन गर्ने ३५ वटा युट्युब च्यानललाई विशेष अनुगमनमा राखिएको जनाएको छ ।
ऐन-कानूनविपरीतका सामग्री प्रकाशित गर्ने युट्युब च्यानललाई कारबाही गर्न युट्युब कम्पनीलाई पनि पत्रचार गर्ने चेतावनी काउन्सिलले दिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर