बुवालाई सहिद सूचीमा राखिएपछि गिरिश गिरीको टिप्पणी- कति नाटक हो देशमा ? – Nepal Press

बुवालाई सहिद सूचीमा राखिएपछि गिरिश गिरीको टिप्पणी- कति नाटक हो देशमा ?

काठमाडौं । सरकारले हालै माओवादी जनयुद्धका क्रममा मारिएका ८ हजार जनालाई एकमुष्ट रुपमा सहिदको सूचीमा राख्यो । राजपत्रमा सहिद भन्दै अन्धाधुन्ध नाम प्रकाशित गरिएपछि विभिन्न टीकाटिप्पणी भइरहेका छन् ।

हास्यास्पद के भने, ‘सहिद’ को सूचीमा माओवादी आफैंले हत्या गरेका व्यक्तिहरुको पनि नाम समावेश छ । ‘सामन्ती’, ‘शोषक’ लगायत उपमा दिएर माओवादीले नै मारेकाहरुलाई अहिले ‘सहिद’ को सूचीमा राख्दा परिवारजनले पचाउन सकेका छैनन् ।

पूर्वपत्रकार (हाल राष्ट्रिय प्रजातन्त्र पार्टी आवद्ध) गिरिश गिरीका बुवा गोपाल गिरीलाई ५ लाख रुपैयाँ चन्दा दिन नमान्दा माओवादीले हत्या गरेका थिए । उनलाई अहिले सहिदको सूचीमा राखिएको छ । यसप्रति गिरिशले सामाजिक सञ्जालमार्फत आश्चर्य प्रकट गरेका छन् ।

गिरिशका अनुसार उनलाई वीरगञ्जको प्रहरी कार्यालयबाट फोन गरेर बुवाको विवरण मागिएको थियो ।

‘किन रहेछ भनेर सोध्दा बुवा राष्ट्रिय सहिद हुनुभएको छ रे,’ ट्विटरमा गिरीले लेखेका छन्, ‘कति नाटक हो यो देशमा ?’

गोपाल गिरी वडाध्यक्ष हुँदै २०६० सालमा वीरगञ्ज उपमहानगरपालिकाको मेयर बनेका थिए । उनलाई सोही सालको माघ १ गते गोली हानेर हत्या गरिएको थियो र यसको जिम्मेवारी माओवादीले लिएको थियो ।

गिरिशका अनुसार माओवादीले मागेको ५ लाख रुपैयाँ चन्दा दिन नमान्दा उनका बुबाकाे हत्या गरिएको हो । गिरिश हालै भएको स्थानीय चुनावमा राप्रपाबाट वीरगञ्जको मेयरमा उठेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर