मुख्यमन्त्री कार्कीलाई ओखलढुङ्गामा देखाइयो कालो झण्डा – Nepal Press

मुख्यमन्त्री कार्कीलाई ओखलढुङ्गामा देखाइयो कालो झण्डा

विराटनगर । खानेपानीको उद्घाटन गर्न ओखलढुङ्गा पुगेको कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई कालो झण्डा देखाएका छन् ।

ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामा खानेपानी आयोजनाको उद्घाटन गर्न पुगेका मुख्यमन्त्री कार्कीलाई किराँत राई यायोख्खा नेतृत्वको टोलीले गोरु मारे भञ्ज्याङमा कालो झण्डा देखाएको हो ।

प्रदेशको नाम कोसी राखेको विरोधमा उत्रिएका पहिचानवादीहरूले मुख्यमन्त्रीको गाडीलाई अवरोध समेत गरेको थियो । आन्दोलनकारीले अवरोध गरेपछि प्रहरीले स्कटिङ गर्दै मुख्यमन्त्रीको गाडी गन्तव्यतर्फ पठाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर