‘लथालिङ्ग अर्थतन्त्र कहाँसम्म र कहिलेसम्म’ भनेर कार्यक्रम गर्न थाले उद्योगी व्यवसायीले


काठमाडौं । उद्योगी व्यवसायीहरुले लथालिङ्ग अर्थतन्त्र कहाँसम्म र कहिलेसम्म भनेर कार्याक्रम नै गर्न सुरु गरेको छन् ।
पोखरामा उद्योगी र व्यवसायीहरुले लथालिङ्ग अर्थतन्त्र कहाँसम्म कहिलेसम्म विषयक अन्तरक्रिया कार्यक्रममा गरेका हुन् ।अहिले देशको अर्थतन्त्र खराव अवस्थामा रहेको भन्दै कार्यक्रम नै गरेर सरकारकाे ध्यानाकर्षण गराएका छन् ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठ र नेपाल राष्ट्रबैंकका पूर्वगर्भनर डा. चिरन्जीवी नेपाल लगायतका उद्योगी व्यवसायीहरु थिए ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले हाल सामान्य खर्च धान्न समेत गारो भएको बताए । उद्योगको उत्पादन घटेको रोजगारी कटौती भएको र खर्च धान्ने अवस्था नरहेको जानकारी दिए ।
व्यवसायीहरुले अहिले बजारमा नगद अभाव भएकाले वस्तु तथा सेवा समेत खपत नभएको उद्योगी बताइरहेका छन् । बजारमा सहज रुपमा नगद प्रवाह गर्नुपर्ने वातावरण र नीति आवश्यक व्यवसायीहरु बताउँछन् ।