राजविराजमा चार विद्यार्थी संगठन आन्दोलित, मतदान खारेज गर्न माग – Nepal Press

राजविराजमा चार विद्यार्थी संगठन आन्दोलित, मतदान खारेज गर्न माग

जनकपुरधाम । सप्तरीको राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा धाँधली भ एको भन्दै चार विद्यार्थी संगठन आन्दोलन सुरु गरेका छन् ।

नेपाली कांग्रेस निकट नेविसंघ, नेकपा एमाले निकट अनेरास्ववियु, नेकपा एस निकट अनेरास्ववियु एस र जनमत पार्टी निकट विद्यार्थी जनमत संघका विद्यार्थीहरू आन्दोलित बनेका हुन् । उनीहरू क्याम्पस अगाडी टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

हिजो भएको मतदानमा १ हजार ९१५ मतदाता रहेकोमा ८ सय ३० मत खसेको छ । तर चार विद्यार्थी संगठनले धाँधलीको आरोप लगाउँदै मतदान खारेज गरी पुनः मतदान गराउन माग गरेको छ ।

स्ववियु निर्वाचन समितिका पदाधिकारीले एउटा मात्रै प्यानललाई जिताउन धाँधली गराएको आरोप पनि आन्दोलित विद्यार्थीहरूको छ । उनीहरूले निर्वाचन अधिकृत राम अशिष यादवलाई हटाउन समेत माग गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर