तलब खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी (भिडिओ) – Nepal Press

तलब खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी (भिडिओ)

सुनसरी । अर्थविद् डा. गोविन्दराज पोखरेलले विकास खर्च र कर्मचारीलाई तलब खुवाउनसमेत ऋण लिनुपर्ने अवस्था आउने चेतावनी दिएका छन् ।

सुनसरीको इनरुवामा सोमबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा डा. पोखरेलले दलका नेताहरु स्वार्थ केन्द्रित राजनीतिमा लिप्त हुँदा मुलुकको अर्थतन्त्र बिग्रँदै गएको टिप्पणी गरेका हुन् ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. पोखरेलले मुलुकको आर्थिक अवस्था खस्किनुको मूल कारण देशको राजनीतिक अस्थिरता रहेको बताए ।

नेताहरु गम्भीर नै नरहेको र सरकार तथा मन्त्रीहरुमा जिम्मेवारी लिने र संरचना सुधारमा गर्ने भोक नरहेको उनको भनाइ थियो ।

‘मुलुक यो आर्थिक वर्षमा करिब २ सय अर्ब घाटामा गइसक्यो । अब कति ऋण लिएर चलाउने हो ?’, डा. पोखरेलले प्रश्न गरे ।

उनले अर्थतन्त्र सुधार गर्न राजनीतिक स्थायित्वसँगै नियम, कानून फेरबदलको खाँचो रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *