शपथलगत्तै ओलीले दिए उपराष्ट्रपति यादवलाई बधाई – Nepal Press

शपथलगत्तै ओलीले दिए उपराष्ट्रपति यादवलाई बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवलाई बधाई दिएका छन्। यादवले पद तथा गोपनियताको शपथ लिएलगत्तै ओलीले बधाई दिएका हुन्।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति यादवलाई शपथ गराएका थिए। चैत ३ गते भएको निर्वाचनमा यादवले एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई हराएर थिए।

जसपाबाट उम्मेदवार बनेका यादवलाई कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीको साथ थियो। तर, उनले उपराष्ट्रपतिमा निर्वाचित भएलगत्तै जसपा र सांसद पदबाट राजीनामा दिइसकेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर