त्रिवि मेडिकल क्याम्पस महाराजगन्जको स्ववियुमा अनेरास्ववियको प्यानलै विजयी – Nepal Press

त्रिवि मेडिकल क्याम्पस महाराजगन्जको स्ववियुमा अनेरास्ववियको प्यानलै विजयी

काठमाडौं । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) महाराजगन्ज मेडिकल क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुको प्यानलै विजयी भएको छ ।

अनेरास्ववियुका नेता लव रावलकाअनुसार स्ववियु सभापतिमा अनेरास्ववियुका आनन्दकुमार सिंहको प्यानल नै विजयी भएको हो ।

सभापतिमा निर्वाचित सिंहले ५८६ मत प्राप्त गरे । प्रतिस्पर्धी नेविसंघकी उम्मेदवार अविशिखा न्यौपानेले ५८४ मत ल्याइन् ।

यस्तै, सचिवमा अनेरास्ववियुकी उम्मेदवार विपना न्यौपाने ६३८ मतका साथ विजयी भइन् । प्रतिद्वन्द्वी पारस खड्काले ५२९ मत ल्याए ।

यसैगरी, कोषाध्यक्षमा अनिलकुमार साह ६२९ मत ल्याएर विजयी भए ।

सदस्यहरूमा प्रतिभा आचार्य ६३९, वीरेन्द्र ६६१, सोमराज ६१९, युवराज ६२८, अनुप ६६३, रितेश ५७९ र अशोक ५७९ मत ल्याएर विजयी भए ।

प्रत्यक्षतर्फ कुल ११८१ मत खसेकामा ११७९ मत सदर र २ मत बदर भएको थियो ।

यस्तै, समानुपातिकतर्फ पनि अनेरास्ववियु नै पहिलो भएको छ । अनेरास्ववियुले ५३७ मत ल्याएको छ भने नेविसंघले ५१७ मत प्राप्त गरेको छ । यसैगरी, अनेरास्ववियु क्रान्तिकारीले १०५ र नेपाल क्रान्तिकारी विद्यार्थी संघले १७ मत ल्याए । समानुपातिकतर्फ ११७९ मत खसेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर