स्ववियु निर्वाचन : शहीद कृष्णमा नेविसंघको प्यानल विजयी – Nepal Press

स्ववियु निर्वाचन : शहीद कृष्णमा नेविसंघको प्यानल विजयी

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका- ८ स्थित शहीद कृष्ण क्याम्पसमा नेपाल विद्यार्थी संघ नेतृत्वको प्यानल विजयी भएको छ ।

आइतबार सम्पन्न निर्वाचन अन्तर्गत उक्त क्याम्पसमा नेविसंघ नेतृत्वको प्यानल नै विजयी भएको हो । निर्वाचनमा ४० मतमध्ये ३७ मत खसेको थियो ।

सभापतिमा विष्णुबहादुर अधिकारी २७ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी अनेरास्ववियुका मनोज बानियाँले १० मत प्राप्त गरे ।

सचिवमा नेविसंघकै शालिग्राम पोख्रेल २७ मत प्राप्त गरी विजयी भए । प्रतिस्पर्धी अनेरास्ववियुका ओमबहादुर महतले १० मत प्राप्त गरे ।

सदस्यहरुमा वीना विक ३०, थमनबहादुर भुजेल ३०, दीपिका काफ्ले ३१ र प्रमिला पौडेल ३१ मत प्राप्त गरी विजयी भएका छन् । कोषाध्यक्षमा अखिल (क्रान्तिकारी)की सुष्मा माकिम निर्विरोध निर्वाचित भइसकेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर