७ वर्षीया छात्रामाथि दमकमा निर्घात कुटपिट, शिक्षिकालाई कारबाहीकाे माग – Nepal Press

७ वर्षीया छात्रामाथि दमकमा निर्घात कुटपिट, शिक्षिकालाई कारबाहीकाे माग

विराटनगर । झापाको दमक नगरपालिका-३ मा रहेको अक्स्पोर्ड सेकेण्डरी बोर्डिङ स्कुलमा अध्यायरत विद्यार्थीमाथि निर्घात कुट्पिट गरिएको छ । कक्षा १ मा अध्ययनर विद्यार्थी इभान बराललाई गृहकार्य नगरेको आरोपमा शिक्षिका एलिना न्यौपानेले निर्घात कुटपिट गरेकी हुन् ।

शुक्रबार भएको कुटपिटबाट छात्र बरालको शरीर भरी निलडाम भएको छ । शिक्षिकाको कुटाईबाट बच्चालाई ज्वरोसमेत आएको काका मदन बरालले बताए । विद्यालय गएका इभान घर फर्कदा बिरामी भएर आएको काका मदनले बताए ।

उनले भने हामीले विद्यालयको बिश्वास गरेरा बच्चा पठाएको हो अहिले शिक्षिकालाई दोष दिएर उम्कने प्रयास भएको छ ।
उनले विद्यालयलाई कारबाही हुनुपर्ने बताए ।

कुटपिट भएको विद्यालयले स्विकार गरेको छ । विद्यालयले बिग्यप्ती जारी गर्दै शिक्षिकालाई बरखास्त गरेको दाबी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *