जनकपुरको जनक हजारी विद्यापीठ क्याम्पस सभापतिमा अनेरास्ववियुका झा निर्वाचित – Nepal Press

जनकपुरको जनक हजारी विद्यापीठ क्याम्पस सभापतिमा अनेरास्ववियुका झा निर्वाचित

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका ८ स्थित जनक हजारी विद्यापीठ क्याम्पसको स्ववियू सभापतिमा अनेरास्ववियुका सुभाष झा विजयी भएका छन् ।

यो क्याम्पसमा कुल ७७ मतदाता थिए । जसमध्ये ५४ मत खसेको छ । झाले ३२ मत ल्याएर सभापतिमा निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी लोकतान्त्रिक विद्यार्थी संघका अमरेश झाले १९ मत पाएका छन् ।

यस्तै सचिवमा निल प्रसाद पोखरेल र कोषाध्यक्षमा अमित मिश्र निर्वाचित भएका छन् । पोखरेल अनेरास्ववियू एस र मिश्र अनेरास्ववियुका छन् ।

यो क्याम्पसमा अनेरास्ववियु र अनेरास्ववियू एसबीच गठबन्धन बनेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर