अछाममा विद्यार्थी चढेको ट्याक्टर दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
![](https://www.nepalpress.com/wp-content/uploads/2022/05/road-accident.jpg)
धनगढी । अछाममा विद्यार्थी सवार ट्याक्टर दुर्घटना भएको छ । जिल्लाको मेल्लेख गाउँपालिका- ३ मा आइतबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा चार जना घाइते भएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार दर्वा र बगुडाको बीचमा पर्ने बुढा खोलामा ट्याक्टर दुर्घटनामा परी १६ वर्षीया मनिषा बुढाको मृत्यु भएको हो । अन्य ४ जना किशोरी घाइते भएका छन् ।
से २ त ३४३१ नम्बरको ट्याक्टर दुर्घटनामा परेर घाइते हुनेहरुमा १५ वर्षीया सुस्मिता बुढा, १४ वर्षीया पार्वती बुढा, करिश्मा बुढा र १२ वर्षीया पुष्पा बिक रहेका छन् ।
उनीहरू पिपलसैन माध्यमिक विद्यालयका विद्यार्थीहरू हुन् ।