मोरङको रमाइलो बहुमुखी क्याम्पसमा अनेरास्ववियु विजयी – Nepal Press

मोरङको रमाइलो बहुमुखी क्याम्पसमा अनेरास्ववियु विजयी

मोरङ । मोरङको कानेपोखरी गाउँपालिकामा रहेको रमाइलो बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुको प्यानलै विजयी भएको छ ।

आइतबार भएको मतदानमा अनेरास्ववियुकी अध्यक्ष पदकी उम्मेदवार मालती रेग्मी ४ मत अन्तरले विजयी भईन् । रेग्मीले ७० मत प्राप्त गरेकी छन् भने नेविसंघको समर्थनमा उम्मेदवार बनेका अनेरास्ववियु क्रान्तिकारीका अनिश कार्कीले ६६ मत प्राप्त गरेका थिए ।

यस्तै सचिवमा अनेरास्ववियुका खगेन्द्र लुईटेल र कोषाध्यक्षमा अनेरास्ववियुकै निर्मला दंगाल विजयी भए । यस्तै उर्लाबारी बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनमा ९९० जना विद्यार्थीले मतदान गरेका छन् ।

क्याम्पसमा शान्तिपूर्ण रुपमा सम्पन्न मतदानमा १३५९ जना मतदाता मध्ये ९९० जनाले मतदान गरेको निर्वाचन प्रमुख हस्तबहादुर भट्टराईले जानकारी दिएका छन् । स्ववियु अध्यक्षमा अनेरास्ववियु नेतृत्वको प्यानलकी प्रिती दाहाल र नेबिसंघका विवेक कार्कीबीच प्रतिष्पर्धा भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर