महेन्द्र मोरङमा ५५ प्रतिशत मत खस्यो, गणना हुँदै – Nepal Press

महेन्द्र मोरङमा ५५ प्रतिशत मत खस्यो, गणना हुँदै

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को मतदानमा ३ हजार १६६ मत खसेको छ ।

मतदान सकिँदा ५४.६८ प्रतिशत मत खसेको हो ।

क्याम्पसमा ५ हजार ७९० मतदाता रहेको थिए । मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने तयारी भइहरेको निर्वाचन समितिका संयोजक डा सुशील अधिकारीले जानकारी दिए ।

क्याम्पसमा स्ववियु सभापतिका लागि अनेरास्ववियुबाट नविन पहाडी, नेपाल विद्यार्थी संघबाट जसवन्त पौडेल र अखिल क्रान्तिकारीबाट रोहित यादव उम्मेदवार छन् । यस्तै सचिवमा अनेरास्ववियुबाट सनिम ठकुरी, नेविसंघबाट पुजा विश्वास र अखिल क्रान्तिकारीबाट आशिका लम्साल उम्मेदवार छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर