अल्पकालीन अन्तरिम आदेश दिइएका रिटको सुनुवाइमा प्राथमिकता दिइने – Nepal Press

अल्पकालीन अन्तरिम आदेश दिइएका रिटको सुनुवाइमा प्राथमिकता दिइने

काठमाडौं । सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएर अन्तरिम आदेशका लागि लामो समयसम्म छलफल हुन नसकेका रिट निवेदनलाई प्राथमिकता दिने भएको छ ।

पेशी व्यवस्थापन निर्देशन समितिको शुक्रबार बसेको बैठकले त्यस्ता रिट निवेदनलाई ‘टप अप’ गर्ने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए । अल्पकालीन अन्तरिम आदेश जारी भएपनि लामो समयसम्म अन्तरिम आदेशका लागि छलफल नभएको भन्दै त्यस्ता मुद्दामा गुनासो बढिरहेको छ ।

सर्वोच्च अदालतले एकपक्षीय सुनुवाइबाट अन्तरिम आदेश जारी भई अन्तरिम आदेश खारेज गरी पाउँ भनेर दर्ता भएका निवेदनलाई पनि सुनुवाइमा प्राथमिकता दिने निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर