मोहन्याल क्याम्पसमा अखिल क्रान्तिकारीका अर्जुनले १ भोटले मारे बाजी – Nepal Press

मोहन्याल क्याम्पसमा अखिल क्रान्तिकारीका अर्जुनले १ भोटले मारे बाजी

कैलाली । कैलालीको मोहन्याल बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा माओवादीनिकट अखिल क्रान्तिकारीका अर्जुन खत्री १ भोटले विजयी भएका छन् ।

उनले २५ मत पाए । प्रतिद्वन्द्वी नेविसंघका वीरेन्द्र भण्डारीले २४ मत पाए । एमालेनिकट अनेरास्ववियुका सुनिलकुमार चौधरीले १४ मत ल्याए ।

सचिवमा नेविसंघका ज्ञानबहादुर खातीले २४ मत पाएर विजयी हुँदा कोषाध्यक्षमा अखिल क्रान्तिकारीकी कुमारी चौधरी २८ मतका साथ विजयी भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर