फर्जी मतदान भएको भन्दै सिरहा क्याम्पसको स्ववियु निर्वाचन नेविसंघद्वारा बहिष्कार – Nepal Press

फर्जी मतदान भएको भन्दै सिरहा क्याम्पसको स्ववियु निर्वाचन नेविसंघद्वारा बहिष्कार

जनकपुरधाम । सिरहा सदरमुकामस्थित श्री सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पसको स्ववियू निर्वाचन नेपाल विद्यार्थी संघले बहिष्कार गरेको छ ।

विदेशमा रहेका विद्यार्थीको ठाउँमा फर्जी मतदाताले मतदान गरेको र रोक्न खोज्दा प्रहरी प्रशासनबाटै हातपात भएको भन्दै नेविसंघले निर्वाचन बहिष्कार गरेको हो । नेविसंघका एकाई समिति सभापति तथा उम्मेदवार नवरत्न साहले विज्ञप्ती जारी गरेर निर्वाचन बहिष्कार गरेको जनाएका छन् ।

क्याम्प्स प्रमुख एवं निर्वाचन प्रमुख समेतको आदेशमा प्रहरी प्रशासनले निर्वाचनमा एकलौटी गरेको र आफ्ना उम्मेदवारलाई हातपात गरेको सभापति साहले आरोप लगाएका छन् ।

निर्वाचन बहिष्कारसँगै नेविसंघका विद्यार्थीहरु निर्वाचन स्थलमा प्रदर्शन समेत गरेका छन् । सभापति साहले निर्वाचनको परिणाम नस्वीकार्ने चेतावनी समेत दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर