राराब स्ववियू निर्वाचन: फर्जी कार्ड बोकेर मतदान गर्न खोज्ने ९ जना पक्राउ – Nepal Press

राराब स्ववियू निर्वाचन: फर्जी कार्ड बोकेर मतदान गर्न खोज्ने ९ जना पक्राउ

जनकपुरधाम। जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचनमा फर्जी कार्ड बोकेर मतदान गर्न खोज्ने ९ जना पक्राउ परेका छन् ।

निर्वाचनमा खटेको प्रहरीले फर्जी ९ विद्यार्थीलाई पक्राउ गरेको हो । उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय लगिएको छ । पक्राउ परेकाहरु नेपाल विद्यार्थी संघका विद्यार्थी रहेको आरोप लागेको छ ।

नेविसंघका विद्यार्थीहरुले धांधली गर्न खोजेको भन्दै पांच दलीय गठबन्धनका विद्यार्थीहरु प्रदर्शन गरिरहेका छन् । पक्राउ परेकाहरुमाथि कडा कारबाही र चुनाव निष्पक्ष गराउन उनीहरुको माग छ ।

जसपा, एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राप्रपा निकट विद्यार्थी संगठन यो क्याम्पसको स्ववियु निर्वाचनमा तालमेल गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर