कञ्चनपुरबाट अखिल क्रान्तिकारीले खाता खोल्यो, रामपुर क्याम्पसमा प्यानल नै विजयी – Nepal Press

कञ्चनपुरबाट अखिल क्रान्तिकारीले खाता खोल्यो, रामपुर क्याम्पसमा प्यानल नै विजयी

कैलाली । कञ्चनपुरको बेलौरी स्थित रामपुर बहुमुखी क्याम्पसमा माओवादी निकट अखिल क्रान्तिकारीको प्यानल विजय भएको छ ।

आइतबार सम्पन्न स्ववियु चुनावको मतदानमा १५ मतसहित अखिल क्रान्तिकारीकी सरस्वती तिरुवा सभापतिमा विजय भएकी हुन ।

उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेस निकट नेपाल विद्यार्थी संघका उम्मेदवार धानिराम चौधरीले ५ र नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुकी विमला रेग्मीले ४ मत पाइन् ।

उक्त क्याम्पसमा ३१ जना विद्यार्थी मतदाता थिए । चुनावमा २५ मत खसेकोमा एक मत बदर भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर