साताको पहिलो दिन नेप्सेमा झिनो अंकको गिरावट


काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से झिनो अंकले घटेको छ ।
आइतबार नेप्से परिसूचक ६.९० अंकले घटेर १९२६.४० विन्दुमा बन्द भएको छ । बिहीबार भने ५.३२ अंकले घटेको बजार १९३३.३१ विन्दुमा बन्द भएको थियो ।
बजारमा ३१ लाख ६३ हजार ३८९ कित्ता शेयरको खरिदबिक्री हुँदा एक अर्ब ६ करोड ९८ लाख चार हजार ८२५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबारमा मानुशी लघुवित्त वित्तीय संस्था, युनिक नेपाल लघुवित्त वित्तीय संस्था र शुभम पावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै हिमालयन डिस्टिलरी लिमिटेड ६ करोड १० लाख ९८ हजार ६३३ रुपैयाँ बराबरको कारोबर गर्र्दै शीर्ष स्थानमा रहेको छ ।
आइतबार बजार पूँजीकरण भने २७ खर्ब ८३ अर्ब पुगेको छ ।