स्ववियु चुनावको दोस्रो नतिजा–जिरी क्याम्पसमा २ मतले अनेरास्ववियुकी ज्योति खड्का विजयी – Nepal Press

स्ववियु चुनावको दोस्रो नतिजा–जिरी क्याम्पसमा २ मतले अनेरास्ववियुकी ज्योति खड्का विजयी

दोलखा । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको नतिजा आउने क्रम शुरु भएको छ । आइतबार भएको मतदान सकिएलगत्तै दोलखाको जिरी क्याम्पसमा भएको मतगणनामा २ मतको अन्तरले एमालेनिकट अनेरास्वयुकी ज्योती खड्का सभापतिमा निर्वाचित भएकी छन् ।

उनले २३ मत पाएर विजयी हुँदा गठबन्धनका उम्मेदवार बिनोद बस्नेतले २१ मत पाएको निर्वाचन समितिले जनाएको छ । त्यस्तै सचिबवमा भने गठबन्धनका लिला जिरेल २३ मत पाएर विजयी भएका छन् ।

कोषाध्यक्ष अनेरास्वयुकै लक्ष्मी कार्की र सदस्यहरुमा अखिलकै आकृति खड्का,कुशल कार्की र सरोजकुमार जिरेल निर्वाचित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर