डडेल्धुरामा उपमेयरको गाडी नेविसंघका मतदाता बोक्न प्रयोग  – Nepal Press

डडेल्धुरामा उपमेयरको गाडी नेविसंघका मतदाता बोक्न प्रयोग 

कैलाली । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा सरकारी गाडी स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मतदाता बोक्न प्रयोग भएको पाइएको छ ।

डडेल्धुरा बहुमुखी क्याम्पसमा भइरहेको स्ववियु निर्वाचनका क्रममा अमरगढी नगरपालिकाको सरकारी गाडीले मतदाता बोकेको हो ।

मेयर र उपमेयरसहित नेपाली कांग्रेसको बहुमत रहेको अमरगढी नपाको स्वामित्वमा रहेको से १ झ २३९ नम्बरको बोलेरो जीप दुरुपयोग गर्दै मतदाता ओसारेको अनेरास्ववियु सुदूरपश्चिम संयोजक मनोज राईले आरोप लगाए ।

‘कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला स्ववियु निर्वाचन प्रभावित पार्न आचारसंहिताको धज्जी उडाइएको छ’, उनले भने, ‘सरकारी गाडीको दुरुपयोग गर्ने र सत्ता शक्तिको भरमा मतदाता प्रभावित पर्ने मेयर र उपमेयर दुबैलाई कारबाही हुनुपर्छ ।’

उता डडेल्धुरामा पनि अनेरास्ववियु र अखिल क्रान्तिकारीले नेपाल विद्यार्थी सङ्घले सत्ताको दुरुपयोग गर्दै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मतदातालाई प्रभावित पार्न खोजेको भन्दै आपत्ति जनाएका छन् ।

जिल्ला प्रशासन कार्यालयले सो सम्बन्धमा विद्यार्थी नेताहरूबाट गुनासो आएकाले तत्काल अमरगढी नगरपालिकालाई सवारीसाधनको दुरुपयोग रोक्न निर्देशन दिएको जनाएको छ।

यस विषयमा अमरगढी नगरपालिकाका पार्वती झुकालले आफूमात्रै गाडीमा रहेको विद्यार्थीलाई बोक्ने काम नभएको दाबी गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर