एलिनाको प्यार अब खुल्लमखुल्ला, इन्स्टामा गरिन् स्वीकारोक्ति – Nepal Press

एलिनाको प्यार अब खुल्लमखुल्ला, इन्स्टामा गरिन् स्वीकारोक्ति

काठमाडौं । गायिका एलिना चौहानले आफ्नो प्रेम जीवन अब सामाजिक सञ्जालमा नै छरपस्ट पार्न थालेकी छन् । हालै अष्ट्रेलियामा प्रेमीसँग मस्ति गरेर फर्केकी उनले इन्टाग्राममा तस्वीर हाल्दै प्रेमको खुल्ला ‘इजहार’ गरेकी हुन् ।

प्रेमी विष्णु सापकोटासँगको तस्वीर सेयर गर्दै एलिनाले प्रेमिल शब्दहरु लेखेकी छन् । ‘तिम्रो बारेमा सोच्दा म जागा रहन्छु । तिम्रो सपना देख्दा म निदाएको निदायै हुन्छु । तिमीसँग रहनुले मलाई जिवित राख्छ ।’

एलिनाको यो पोस्टमा धेरैले बधाइ दिएका छन् । कतिले ‘धोकेवाज गायिका’ भन्दै मन दुखाएका छन् भने केहीले प्रेमसम्वन्धलाई गोप्य नै राख्नु राम्रो हुने सुझाव दिएका छन् ।

पाण्डे सन्तोष लेख्छन्, ‘सम्वन्ध तबसम्म सिक्रेट राख, जबसम्म स्थायी हुँदैन । आजभोलिको सम्वन्ध भनेको बर्खाको भेलजस्तै हो बुनु । नपाएसम्म केके न पाएँ, पाएपछि खोई केके । प्रेममा भन्दा आफ्नो करिअरलाई फोकस गर यसैमा भलो हुन्छ ।’

निकटस्थका अनुसार एलिना र विष्णु केही समयपछि विवाहको योजनामा छन् । एलिना अष्ट्रेलियाको सांगितिक भ्रमण सकेर हालै फर्किएकी हुन् । विष्णु भने अष्ट्रेलियामै बस्छन् । एलिना अष्ट्रेलिया जाँदा उनीहरुको सम्वन्ध थप झांगिएको थियो । ब्याक टु ब्याक टिकटक आउन थालेपछि ‘धोकेवाज गायिकाको’ प्रेम उजागर भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *