विधेयक प्रधानमन्त्री स्वयंलाई प्रस्तुत गर्न लगाउन एमालेद्वारा रुलिङ माग (भिडिओ) – Nepal Press

विधेयक प्रधानमन्त्री स्वयंलाई प्रस्तुत गर्न लगाउन एमालेद्वारा रुलिङ माग (भिडिओ)

रघु पन्तले भने- प्रधानमन्त्रीबाट संसदको अवहेलना भयो

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित भएपनि सञ्चारमन्त्री रेखा शर्माले विधेयक प्रस्तुत गरेकोप्रति आपत्ति जनाएको छ ।

सरकारका तर्फबाट संवैधानिक परिषद् सम्बन्धी विधेयक पेस गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा रोष्ट्रममा गएपछि एमाले सांसदहरूले विरोध गर्दै प्रधानमन्त्रीलाई नै विधेयक प्रस्तुत गर्न सभामुख देवराज घिमिरेसँग रुलिङ माग गरेका हुन् । नेकपा एमालेका सांसद रघु पन्तले संवैधानिक परिषद्सम्बन्धी विधेयक प्रधानमन्त्रीले प्रश्तुत गर्नुपर्ने र प्रधानमन्त्री संसदमा भएको बेलामा अन्य मन्त्रीलाई किन लगाइयो ? भन्ने औचित्य पुष्टि गर्न माग गरे ।

प्रतिपक्ष दलको सीटमा बसेकै दिन एमालेले प्रधानमन्त्रीले संसदको गरिमाप्रति अवहेलना गरेको आरोप लगाएको हो ।

पन्तले भने, ‘यो संसदको गरिमा त्यसबेला बढ्छ जब सरकार जन्माउने संसदलाई प्रधानमन्त्रीले महत्व दिन्छ । संसदमा उपस्थित प्रधानमन्त्री हुँदाहुँदै प्रधानमन्त्रीले प्रस्तुत गर्ने विधेयक अर्को मन्त्रीलाई दिनुको औचित्य यो संसदको गरिमालाई अवहेलना हो । यो संसदले बहुमत र अल्पमतको आधारमा सरकार जन्मन्छ । संसदमा शून्य समयका उठेको आवाजहरूको रेस्पोन्स खै ?’

उनले सांसदहरूले शून्य समयमा उठाएको विषयलाई सरकारले रेस्पोन्स नगरेको आरोप लगाए ।

उनले भने, ‘आज प्रधानमन्त्रीले शून्य समयमा उठेको विषयमा जवाफ दिन र विधेयक आफैं प्रस्तुत गर्न रुलिङ होस् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *